Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विचार

नाङ्गिएको राजनीति

Screenshot_20240818_12213-1723963026.jpg

       ►  बिनोद चन्द्र कोइराला
कक्षा १०मा पढेको एउटा अंग्रेजी कथा  “The emperor Ús new clothæ “ अहिले झल झली याद आइरहेछ।कथाको सार यस्तो थियो  “एउटा राजा हुन्छ पटक्कै बुद्धि नभएको वेवकुफ।चाकडी,चाप्लुसिमा रमाउने भ्रष्ट ।उस्को त्यही बानिथाहापाएका चाकडिवाजहरुले एउटा षडयन्त्र बुन्छन राजालाइ बेवकुफ बनाएर राज्यकोषको ढुकुटी मा ब्र्ह्मह लुट गर्ने र अरुलाइ पनि वेबकुफ बनाउने।

उनिहरुको षडयन्त्र शुरुहुन्छ राजाको लागि नया वस्त्र बुन्ने नाटक बाट उनिहरुले यस्तो उर्दि जारी गर्दछन कि उनिहरुले बुनेको त्यो अलौकिक वस्त्र इमान्दार मान्छेले मात्र देख्न सक्छ बेइमानहरुले देख्न सक्तैनन। राजापनी खुसिहुन्छ अलौकिक नयाँ वस्त्र पहिरन पनि पाउने र राज्यमा को को इमानदार रहेछन र को को बेइमान रहेछन भनेर छुट्याउन पनि पाइने। तानमा वस्त्र बुनेको नाटक पनि हुन्छ।अब वस्त्र पनि तयार भएको सुचना राजालाइ हुन्छ।राजा वस्त्र हेर्छन तर केही देख्दैनन।चाकडिवाजहरुभने उक्त वस्त्रको महिमामण्डन गरेर थाक्दैनन।राजालाइ भने पर्यो फसाद।अब देखिन भनौ भने आफै बेइमान ठहरिने।हेर्दा केही छैन।राजाले पनि म बेइमान भएको कारण ले नदेखिएको होला भन्ने सोचे।पुरानो पोसाक खोलेर राजालाइ नयाँ पोसाक  पहिर्याइएको नाटक गरियो।तर राजा भने सर्वाङ नाङ्गो भए।चाकडीवाजहरुकोभनेनयाँ पोशाकको प्रशंसा गर्ने होड चल्यो।अब राजालाइ पनि के लाग्यो भने अब नयाँ  पोसाक लगाएर शहर घुम्ने र को इमान्दार रहेछ र को बेइमान रहेछ भनेर छुट्याउने।राजाको सवारी चलाइयो सहरमा । सबै हेर्छन् राजा त नाङ्गै छन।उनिहरुलाइ पनि लाग्छ आफू बेइमान भएकोले राजालाइ नाङ्गै देखेको होला । त्यसैले आफु इमान्दार ठहरिन उनिहरुपनी चाकडी वाजहरुले झै वाह!वाह!राजाको पोशाक कति राम्रो भनेर गुणगान गाउन थाल्छन तर त्यही रहेको एउटा बालकले भने राजा नाङ्गो रहेको यथार्थ बोली दिन्छ। बालकलाइ सजाय हुन्छ“। एन्डरसनको उक्त कथा सकियो अब हाम्रो कथा सुरुगरा ै।
अषाढ १५बाट अप्रत्याशित रुपमा पर्दाभित्र सुरुभएको सत्ता पलट खेलको पर्दा १७ गते राती मध्यरातमा पर्दा उघृन्छ। सत्ता परिवर्तन  स्थायित्व,सुशासन ,संबिधान संशोधन आदि इत्यादी को लागि सत्ता परिवर्तन  आबस्यक भएको भनेर सहि साबित गर्न जतिसुकै तर्क कुतर्क गरेर पुष्ट्याइगर्न खोज्दा पनि त्यसलाई  आम जनताले पत्याएनन ।

                                                      नपत्याउनको लागि निम्न तिनवटा कारण नै पर्याप्त रहे।
१)स्थिर सरकार ,सुशासन र संबृधी जस्ताकुरा आमजनताको चासोकै बिषय हुन।राष्ट्रको भलाइ र  आमजनताको चासोलाइ स्मेत ख्याल गरि समयोचित  संबिधान संसोधनको बिषयमा निजि स्वार्थ समूह वाहेक अरु कसैको बिमति हुनै सक्तैन थियो।तर यस्तो आम सरोकारको बिषय लाई किन खुला छल्फल नगरेर मध्यरातमा पर्दाभित्र बसेर संझौता गरियो?
२)स्थिर सरकार ,सुशासन र संबिधान संसोधनको बिषय शेर बहादुर आरजु देउपा र के पि वलि ले चाहेर मात्र गर्न सकिने बिषय थिएन÷होइन। किन पार्टी पंक्ति वा पार्टीका सिनियर नेताहरुलाइ जानकारी गराइएन वा संझौता स्थलमा उनिहरुलाइ लगिएन?।के यो बिषय शेर बहादुर,आर्जु वा के पि वलिको मात्र सरोकारको बिषय थियो र?
३)उमेरले बृद्धअबश्थामा पुगेका शेर बहादुर दाइ र के पि बा लाई राष्ट्रको चिन्ताले, रातको १२।१बजे सम्म जाग्राम त्यो पनि अरु कसैको वास्स्थानमा पुर्यायो होला भन्ने तर्क वहाहरुको बिगतको क्रियाकलापलाई हेरेर पनि उनिहरुलाइ बुझेका कसैलेपनि पत्याउन सकेनन।
                                                        यी त थिए तत्कालीन अबस्थाका कुरा  ।
त्यससँगै जब मन्त्रीमण्ड्लमा जाने मन्त्रीहरुको नाम सार्वजनिक भयो र जस्ताहरुको नाम सुनियो र सुनिदै छ  (प्रदेशहरुमा )जस्ता पात्रहरुलाइ सरकार चलाउने जिम्मा दिइदैछ ती अनुहारहरुहेर्दा पनि यो सत्तापलट्को खेल को राज जे भनिएको छ त्यो हैन र आम जनताले जे बुझेका छन( शंका गरेकाछन )त्यो बुझाइनै सहि हो भन्ने कुरा क्रमस प्रमाणित हुदैछ।
भुटानी शरणार्थी खरिद बिक्रीको केशलाइ लिएर जब बेचन झा र वादल पुत्र प्रतीक थापाको गिरफ्तारी भयो तब हडात यो दृश्य सामने आयो। भाउजु मध्यरातमा दाइको हात समातेर बा का पुग्नुनै एउटा अनौठो दृश्य थियो।बिना ठूलो कारण यो दृश्य देखिनुसबैको लागि कौतुहलकै बिषय बन्यो र कुरा पनि खुल्दै गयो प्रहरी त दुबै तर्फको किचनमा पुग्नैपो लागेको थियो रे?।
मध्यरातमा ३जना बसेर गरेको संझौता कुनै ब्यापारिको घरमा लिपिबद्ध भयो।भोलिपल्ट आम जनता र दुबै पार्टी पंक्तिका शिर्ष भनाउदा नेतृत्व लाई संचार माध्यम मार्फत एकैचोटी थाहा भयो।दाइ भाउजू र बा ले आ आफ्नो पार्टी भित्र आफुले गरेका संझौतालाइ लहाछाप लगाउन लगाए।एमाले पार्टिको त कुरै भएन त्यहा बाले जे चाहानुहुन्छ त्यही भएको देखिन्छ।तर दुखको कुरा त के रह्यो
भने नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक भनाउदो पार्टिमा पनियस्तो महत्वपूर्ण बिषय  शिर्ष नेतृत्व लाई
स्मेत थाहा नदिइ  हडात मध्यरातमा  निर्णयमा पुग्न के कारण ले बाध्य पार्यो?  भन्ने प्रश्न मात्र पनि कसै बाट भएन। कांग्रेस भित्रका आष गरिएका पात्रहरु बाट बाट स्मेत एक वचन सोध्ने काम भएन।
 दाइ भाउजुले गरेको संझौता सबैले थपडी बजाएर समर्थन गरिदिए।
संबिधान संसोधनको बिषय कांग्रेस एमालेको शिर्ष नेतृत्वले मात्र चाहेर हुने कुरै थिएन।त्य्समापनी संबिधान संसोधनको बिषय के कस्ता हुन ती बिषयको संस्थागत चर्चा परिचर्चा अहिलेसम्म कतै पनि भएको सुनिएको छैन।पार्टी भित्रै पनिछलफल भएको सुनिएको छैन।जवकी यस्तो दुरगामी असर गर्ने महत्वपूर्ण  बिषयमा पार्टी भित्रै मात्र नभएर ,अन्य पार्टिलाइ र आम जनतालाइ स्मेत बिश्वास मा लिन सक्नुपर्छ।त्यो काम अहिले सम्म भएको सुनिएको छैन।त्यसैले संबिधान संसोधनको मुल एजेन्डा बनाएर यो सरकार गठन भएको हो भन्ने कुरा कसैले पत्याउन सकेका छैनन् ।

।बाकी रह्यो सुशासन र बिकास अनि स्थाइ सरकार को कुरा। नेपाली मा एउटा कहावत छ “खुट्टी देख्दै चाल पाइयो“भन्ने।
शेर बहादुर र केपि शर्मा वलि को सरकार एक पटक मात्र हैन धेरै पटक जनताले ब्यहोरी सकेका छन।उनिहरुले दिने सुशासन र संबृधी जनताले अनुभव गरि सकेका छन।र झन अहिले जस्ता पात्रहरु खोजेर मन्त्री मण्डल बनेको छ त्यसले माथिको कहावत जस्तै अर्को कहावत “ धानको चिन्ह पराल वाट बुझियो“संझाइ दिएको छ।बाकी रह्यो स्थिर सरकार को कुरा।संझौता गर्दै “आलो पालो सरकार“ भन्ने अनि स्थिर सरकार को कुरा गर्ने यो भन्दा हास्यास्पद के हुन सक्छ।
                                                     अब हेरौ सुशासन दिने भन्ने सरकारको एक महिनाको कृयाकलाप।
ठुलाभनिएका केही जाली उध्योगपतिहरुबाट असुल गर्नुपर्ने राजस्व नतिरेका कारण काटिएको बिद्धुत लाइन राजस्व नतिरेपनी तुरुन्त जोडिदेउ,अन्यथा तिम्रो जागिर चट जस्तो ठाडो आदेश ,बक्यौता रकम नतिरी लाइन जोडन मिल्दैन भन्ने संचालकहरुको वर्खास्तगी,काठमाडौ नगरले दि रहेको निशुल्क पार्किङ सुबिधा सडक बिस्तार को सुकार्य माथी धावा,त्रिभुवन बिश्वबिध्यालयको स्वायत्तता माथी लगाम जस्ता जनपृय कार्यहरु वर्तमान सरकार को मुखिया बाटै आदेश फर्मान भएबाटनै यो सरकारले दिने सुशासनको छनक देखिसकिएको छ।यसो त दक्षिणएसिया मै एक नंबर भ्रष्टाचारि सरकार भनेर चिनिएको ओलिबा को तीन वर्षे कार्यकाल र उक्त भ्रष्टाचार लाई मौन संम्मती दिने तत्कालिन प्रतिपक्षी नेता देउपा दाइ हाल सरकारमै सहयात्री भए बाट नै अनुमान गर्न सकिन्छ यो सरकारले दिने सुशासन कस्तो होला भन्ने।
गएको हप्ता मात्र हाम्रो प्रधानमन्त्रीले बिगतको ३ वर्षे कार्यकालमा भन्ने गरेझै यो सरकारको नीति भनेको भ्रस्टाचारमा शून्य सहनशीलता भनेर हसाउनुभयो। सरकार बनाएको दोश्रो तेश्रो दिनमै व्यापारी संग असुल गर्नुपर्ने बक्योउता ८ अरब मा आँखा गाडेका ओलिबाले भ्रस्टाचारमा शून्य सहनशिलता भन्दा जनताले यस् लाइ राम्रै जोक संझिएर हासे।वहाको अर्को भनाइ पनि आयो हामी स्टन्ट्वाजी गर्दैनौ भनेर।यो सुनेर ३ वर्ष अगाडि नै उद्घाटन भएको धरहरा ले के भन्यो होला।?कति ओटा हस्पिटल र सडकको उद्घाटन कामै नभैकन भएको उद्घाटन आदि सायद स्टन्ट्वाजिमा नपर्ने होलान।भर्खरै ३६÷३७ प्रतिशत मात्र काम संपन्न भएको फास्ट ट्र्याक को एउटा सुरुङ्ग को तामझामका साथ उदघाटन सायद यो पनि स्टन्ट्वाजी भित्र नपर्ला।रेल,पानीजहाज,भान्छा भान्छामा ग्यासको पाइपलाइन आदि को त कुरै छोडौ।
     

राष्ट्रको दोहन गरि खाइ पल्केका पुराना पार्टिहरुको लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) भुत बनेर खडा भएको छ।रास्वपालाइ यसैगरी चल्न दिने हो भने हाम्रो कुकृत्यको भण्डाफोर त हुने नै छ।हाम्रो एकछत्र राज पनि सकिन्छ भन्ने मनोबिज्ञान ले उनिहरुलाइ सताएको छ।त्यसैले उनिहरु एकमुष्ट उक्त पार्टीलाई बद्नाम गराउन नक्कली बुख्याचाहरु खडा गरेर ब्यक्ती विशेष प्रति नियोजित हमला गरि रहेका छन।बालेन शाह माथिको एमालेको हमलाको कारण पनि यहिनै हो। गत निर्वाचनमा एमालेले आफ्नो गढ संझिएको काठमाडौ बाट आफ्नो सफायाभएको तुष बिर्षेको छैन।त्यसैले उनिहरु रास्वपा र बालेन साह माथी खनिएको आम बुझाइ छ।
संविधान संसोधनको मुख्य एजेन्डा भनेर बनेको नयाँ  सरकारले एक महिनाको अबधी पार गरि सक्दा पनि सो बिषयमा संस्थागत छल फल को त कुरै छोडौ उच्चारण स्मेत हुन छोडेको छ।
अहिले एमालेको एक सुत्रीय अभियान भनेको कुलमान घिसिङ लाई कसरी हटाउने र असुल गर्नुपर्ने राजस्व आठ अरब बाट केहिअरब ह्त्याइ ब्यापारी लाई राहत दिने,वालेन शाह लाइ काम गर्न नदिइ पद छोडन बाध्य पार्ने र केही कमिसन एजेन्टहरुलाइ काठमाडौ नगरको जिम्मा दिई धरहरा लगायतका ठाउहरु बाट कमिसन उठाउने,भ्रष्टाचारको भन्डाफोर गर्ने रास्वपालाइ जसरी हुन्छ जस्लाइ किनेर हुन्छ (मुकुल ढकाल लाई किने झै) बदनाम गराउने।यो सबै कर्ममा कांग्रेस नेतृत्व अर्थात दाइको मौन समर्थन रहने कुरा पनि ओलि बा लाई राम्रो संग अनुभव भै सकेको छ।भाग शान्ती जै नेपाल।

अब दुई दार्शनिकको दुइटा भनाइ र मैले पढेको र मेरो मन छोएको एउटा कबिता यहाँ उल्लेख गर्दा,सान्दर्भिक नै हुने छ भन्ने संझेर पाठकहरु माझ पस्कने जमर्को गर्दै यो आलेख समापनगर्ने तिर लागेको छु।

“खराब मानिसले राम्रो मानिसको अभिनय गर्योभने झनै नराम्रो देखिन्छ ।“
                                                            ♦  फ्रान्सिस वेकम ःअंग्रेजी दार्शनिक

“नेतृत्वमा आफ्नो अपरिहार्यता र अहमताको भाव उत्मन्न भयो भने बुझे हुन्छ तिनको पतनको शुरूवात भयो“
                                                             ♦बी पी कोइराला
अब एउटा कबिता भागवत आचार्य को।कबिताको शिर्षक छ“ लाटो कोसेरालाइ अँध्यारो मन पर्छ
                       ––––––––––––––––––
“जब अध्यांरामा सुषुप्त हुन्छन बिधिहरु
मलिन बन्छन कानुन र प्रकृयाहरु
तब उठछन जुर्मुराएर लाटो कोसेराहरु
उज्यालोमा रमाउन सक्तैनन् लाटोकोसेराहरु
र तहसनहस बनाउछन विधि र प्रकृयाहरु
मूल्य र आदर्शहरु
तिनलाइ कालाकानुनहरु मन पर्छ
लाटोकोसेरालाइ आफनै राज मन पर्छ
लाटोकोसेरालाइ अँध्यारो मन पर्छ।“

►अन्तमा
बिचार र सिद्धान्त ले  चल्नुपर्ने राजनीति निजि स्वार्थ प्रेरितअब्सरवाद ले चले पछि त्यो राजनीति नाङ्गो हुन्छ। आम जनताको नजरमा पटक पटक नाङ्गिसकेका र न्युनतम नैतिकता नभएको नेतृत्व पंक्ति चाटुकार चाकडिवाजको वाह! वाह मै रमाइरहदा त्यसको परिणाम के हुदोरहेछ भन्ने कुरा केही महिना अघिको श्रीलंका र हालैको बंगलादेशको राजनीति  लाई हेरे पुग्छ। सुधार्न र सुधृन चाहे समय अझै छ।किं अधिकम।
जय नेपाल !

*( लेखक बी पी बिचार समाज,मकवानपुर अध्यक्ष हुनुहुन्छ )
                 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार