७ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका छन् ।
हेटौंडा-१७ गैरीगाउँमा आजबाट शुरू भएको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको समुद्घाटन कार्यक्रममा बोल्दै बानियाँले धर्मका नाममा कसैलाई पनि अनादर गर्न नहुने बताएका हुन् । उनले धर्म व्यक्तिले धारण गर्ने विषय भएकाले धर्मका नाममा अरूलाई अनादर गर्न नहुनेमा जोड दिए । उनले पूर्वीय दर्शनको सकारात्मक पक्षको प्रवर्द्धन गर्न आग्रह गरे । उनले धर्मले सत्य र ठिकको बाटोमा अघि बढ्न सुझाएको भन्दै धार्मिक व्यक्तित्वले आफुले प्राप्त ज्ञानलाई समाज सुधारमा लगाउनु जरूरी रहेको स्पष्ट पारे ।
पूर्वीय दर्शनको बैज्ञानिक र व्यवहारिक पक्षको प्रचारप्रसार गर्दै यसको मर्यादा र मानवताको पक्षलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाई थियो । उनले ज्ञान महायज्ञले मनस्थिति शुद्धीकरणका लागि टेवा दिने बताए । बानियाँले विगत १३ बर्षदेखि निरन्तर ज्ञान सञ्चार बृद्धाश्रममा जोडिएर यसको भौतिक पूर्वाधार सुधारका लागि काम गरेको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
महायज्ञ मूल समारोह समितिका संयोजक लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्याल, लक्ष्मीपुर मन्दिरका महन्त बर्दराज भारद्वाज वाग्ले, धार्मिक व्यक्तित्व नारायण स्वामी, कथावाचिका गोदादेवी आण्डाल, मूल समारोह समितिका सचिव नवराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ आजबाट शुरू भएको नवाह ज्ञान महायज्ञ मंसिर १५ गतेसम्म संचालन हुनेछ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















