Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

छतिवनमा हिज्जे प्रतियोगिता र किशोरी शिक्षा

Training-at-Chhatiwan-1473854911.jpg

२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ । 
निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र रोजिना गोले तृतीय,  कर्मप्राप्ति माविका हिमाल घतानी र यमुना राना मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । छतिवन गाविसका ८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

सिविन बालहेल्पलाइन, बालसंरक्षण समिति, बुद्ध युवा क्लव, बुद्ध बाल क्लव छतिवनको संयुक्त आयोजनामा भएको कार्यक्रम महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरिक्षक दुर्गा घिमिरेको प्रमुख आतिथ्यता एवं बुद्ध युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको कार्यक्रममा सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, बाल संरक्षण समितिका अध्यक्ष नवराज चौंलागाईं, बुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल विक लगायतको उपस्थिति रहेको थियो ।  

यस्तै, छतिवनमा किशोरीहरुको लागि जीवन उपयोगीमा आधारित ३ दिने शिक्षा समेत शुरु भएको छ । बालविवाह, किशोरावस्थामा हुने परिवर्तन, यौन शिक्षा तथा प्रजनन शिक्षा, गर्भपतन, बालअधिकार, बालश्रम तथा दायित्वको बारेमा जनस्वास्थ्य कार्यालयका सुपेन्द्र कार्की र सिविन नेपालका सम्झना अधिकारीले सहजीकरण गरेका छन् । सिविनले ११ र १२ अध्ययनरत  ७ छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । 

तस्विर : सुपेन्द्र कार्कीको फेसबुक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1739774631.jpg

५ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन सोमबार तोलाको १२ सय रुपैयाँ बढेको हो ।  सुन प्रतितोला...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने
1641373260_1615078427_san-1739756817.jpg

५ फागुन, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
arju-rana-meet-s-jayashan-1739756434.jpg

५ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी...

प्रधानमन्त्रीद्वारा लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने
KP_oli-1739756171.jpg

५ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739755048.jpg

५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  देशको...

फाखेल-मातातीर्थ सडक झन्डै डेढ महिना बन्द रहने
IMG_20240321_051745-1739753763.jpg

५ फागुन, हेटौंडा। हेटौँडा हुदै काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1739690313.png

४ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलाको २७ सय रुपैयाँले घटेको हो । सुन प्रतितोला एक लाख...

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने
RPP1618554158-1739678868.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ...

प्रतिनिधिसभा बैठक आज बस्ने
1641373260_1615078427_san-1739675623.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे शुरू हुने भएको हो । बैठकमा सभामुख देवराज...

थप समाचार