२९ भदौ, हेटौँडा । राष्ट्रिय बालदिवसको अवसरमा पूर्वी मकवानपुरको छतिवनमा अंग्रेजी हिज्जे प्रतियोगिता र किशोरीहरुका लागि तालिम सम्पन्न भएको छ ।
निमावि स्तरीय हिज्जे प्रतियोगतिमा महेन्द्र उच्च मावि छतिवनका प्रवेश चौलागाईं र कृष्मा घिमिरे प्रथम, जनक माविका सत्यम् सुवेदी र रचना स्याङ्तान द्वितिय, बकैया ठाकुर निमाविका अजिव स्याङ्तान र रोजिना गोले तृतीय, कर्मप्राप्ति माविका हिमाल घतानी र यमुना राना मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । छतिवन गाविसका ८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
सिविन बालहेल्पलाइन, बालसंरक्षण समिति, बुद्ध युवा क्लव, बुद्ध बाल क्लव छतिवनको संयुक्त आयोजनामा भएको कार्यक्रम महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरिक्षक दुर्गा घिमिरेको प्रमुख आतिथ्यता एवं बुद्ध युवा क्लबका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको कार्यक्रममा सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, बाल संरक्षण समितिका अध्यक्ष नवराज चौंलागाईं, बुद्ध उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल विक लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, छतिवनमा किशोरीहरुको लागि जीवन उपयोगीमा आधारित ३ दिने शिक्षा समेत शुरु भएको छ । बालविवाह, किशोरावस्थामा हुने परिवर्तन, यौन शिक्षा तथा प्रजनन शिक्षा, गर्भपतन, बालअधिकार, बालश्रम तथा दायित्वको बारेमा जनस्वास्थ्य कार्यालयका सुपेन्द्र कार्की र सिविन नेपालका सम्झना अधिकारीले सहजीकरण गरेका छन् । सिविनले ११ र १२ अध्ययनरत ७ छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।
तस्विर : सुपेन्द्र कार्कीको फेसबुक
१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...
१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले जातीय सद्भाव, विविधताको सम्मान र...
१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...
१ माघ, हेटौंडा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति...
३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको छ । गाउँपालिका...
३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई...
३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र...
३० पुस, हेटौंडा । दुर्गा प्रसाईंसँग प्रधानमन्त्री सुशीला कार्कीबीच पुनः वार्ता हुने भएको छ । राष्ट्र,...
३० पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय...
२० पुस,हेटौँडा । मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । आइतबार साझॅं भिमफेदी कुलेखानी...
२१ पुस, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा...
१९ पुस, हेटौँडा । गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ।...
१८ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ...
१९ पुस,इलाम। शनिबार बिहान ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको...

















