Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

कैलाशमा विपदमा उद्धारका लागि टिम तयारी अवस्थामा छ: अध्यक्ष मुक्तान

FB_IMG_1749601528748-1749601701.jpg

२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि गाउँपालिकामा  उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको  बताएका छन्।मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियाका साथै विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने विभिन्न रोग प्रकोपका विपद् सँगै पशुपन्छीमा लाग्ने रोगव्यादी र विपद्मा हामीले ध्यान दिएको बताएका हुन् । 
विपद्का लागि आगामी नीति कार्यक्रमका विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरेर कार्य गरिने बताए । मौसम परिवर्तनको समय छ, मौसमी रोगहरुको प्रकोप फैलिन सक्छ, सबै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहनुस्, अध्यक्ष मुक्तानले भने । उनले गाउँपालिकामा प्रर्याप्त औषधि छन्, अपुग भएमा माथिल्लो निकायसँग समन्वय गर्न आग्रह गरेका छन् । 
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले विपद्को अवस्थामा गाउँपालिका तयारी अवस्था रहने बताए । रोगव्यादी मात्रै नभई बाढी पहिरोको जोखिम रहने यस क्षेत्रमा उक्त विपद्को पनि हामी तयारी रहनुपर्ने बताए । हामी पूर्व तयारीका साथ छौं, अपुग आवश्यक सामाग्रीहरु खरिद गरेर तयारीमा रहन्छौं, उपाध्यक्ष मल्लले भने । स्थानीय द्रुत प्रतिकार्य समिति र टोली तयारी अवस्थामा रहनुपर्छ । 
कार्यक्रममा डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका विपद् तथा महामारीहरु, नेपालमा देखिएका ५२ वटा संक्रमण रोगहरु, सार्वजनिक महामारीका संकेतहरु, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् । यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराएका थिए । उनले तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताए ।  उनले समिति र टोलीको काम कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए । 
गाउँपालिका अध्यक्ष मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, १० वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेल, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा गाउँपालिकाको वडाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने
FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ
Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...

एमालेको सचिवालय बैठक आज बस्दै
Oli-1710241632-1752717683.jpg

१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

कर्णालीमा आज सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1752717167.jpg

१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...

मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य
Screenshot_20250717_07311-1752716823.jpg

१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...

बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
Screenshot_20250526_06180-1752716278.jpg

१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...

थाहानगरमा भाउजू हत्या: पक्राउ परेका देवर पुर्पक्षका लागि थुनामा
IMG_20240512_141304-1752663345.jpg

३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो
20250716_071146-1752629229.jpg

३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...

थप समाचार