Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना

IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव समेत रहेका सविन न्यौपानेमाथि अज्ञात समूहले मोबिल प्रहार गरेको छ। 
बुधबार अपरान्ह हेटौंडा १ स्थित चाइनाक्वाटर रहेको हेटौंडा वडा नम्बर १ को कार्यालयमै उनीमाथि मोबिल छ्यापिएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका  अपरिचित व्यक्तिहरूले वडाअध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका हुन्।

मोटरसाइकल नम्बर नखुलेको  जनाइएको छ । प्रहार गरिएको मोबिल न्यौपानेको टाउको, शरीर र कपडामा परेको थियो। घटनापछि फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् ।घटनास्थलमा ‘भूमिहीन सुकुमवासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
उपमहानगरपालिकाले केही समयदेखि हेटौँडा अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गरिरहेको छ। घटनाको जानकारी पाए लगतै हेटौंडाकी मेयर मिना कुमारी लामा, उपमेयरमा राजेश बानियाँ, हेटौंडाका अधिकांश वडाहरू घटनास्थल पुगेका थिए। यता घटनाको घोर भर्त्सना गदै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ। कांग्रेक मकवानपुरको सचिव भिमसेन महतले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।

Screenshot_20250618_18193-1750250101.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने
FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ
Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...

एमालेको सचिवालय बैठक आज बस्दै
Oli-1710241632-1752717683.jpg

१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

कर्णालीमा आज सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1752717167.jpg

१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...

मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य
Screenshot_20250717_07311-1752716823.jpg

१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...

बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
Screenshot_20250526_06180-1752716278.jpg

१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...

थाहानगरमा भाउजू हत्या: पक्राउ परेका देवर पुर्पक्षका लागि थुनामा
IMG_20240512_141304-1752663345.jpg

३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो
20250716_071146-1752629229.jpg

३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...

थप समाचार