८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।
टस जितेर सुरुमा ब्याटिङ रोजेको सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । नेपालको जितका लागि ९७ बल सामना गरेका ओपनर ब्याटर प्रसिद्ध जैशीले ५ चौकासहित अविजित सर्वाधिक ५५ रनको योगदान दिए ।
त्यस्तै रौनक श्रीवास्तवले ४० रनको योग्दान दिँदा शुभम खनाल ९ रनमा अविजित रहे । सिंगापुरका लागि बलिङमा आकाश तेजाले सर्वाधिक ३ विकेट लिए भने युभान पाण्डेले १ विकेट लिए । ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको सिंगापुरका लागि कप्तान रियान नैकले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ओपनरद्वय रोहन अरुण र आहान वुथानदमले क्रमशः ११ र ३८ रन बनाए ।
त्यसबाहेक प्रनाथ इशान मिदुरीले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि १० ओभर बलिङ गरेका कप्तान विपिनप्रसाद शर्माले १ मेडनसहित ३४ रन खर्चिएर सर्वाधिक ४ विकेट झारे ।
त्यस्तै सचिन भट्टले ३, शुभम खनाल र अभय यादवले समान १–१ विकेट हात पारे । नेपालसहित १० वटा टोली सहभागी १६ वर्षमुनिको जारि इस्ट जोन कपको समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपालले प्रतियोगिताको दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ ।
१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...
१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...
१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...
१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...
१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...
१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...
३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...
३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...
३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...