Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

वडा नम्बर २ र १० सेमिफाइनल प्रवेश

25-Mayor-1520609557.JPG

२५ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो ।

खेलको चौथो मिनेटमा रिजन लामाले गोल गर्दै भूटनदेवीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा वीके लामाले अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवैले गोल गर्ने केही राम्रो मौका पाएको भएपनि थप गोल हुन नसक्दा भूटनदेवी टिम २–० गोल अन्तरले विजयी भएको हो । खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका पहिलो गोलकर्ता रिजन लामा घोषित भए । उनले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार सहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।

यस्तै दोस्रो खेलमा उत्कृष्ट ‘कमब्याक’ गर्दै वनस्खण्डी टिमले सेमीफाइनल यात्रा तय गरेको हो । खेलमा २–० ले पछि परिसकेको अवस्थामा खेललाई बराबरीमा फर्काउँदै टाइब्रेरमा १ नम्बर वडाको पाथिभरा टिमलाई हराएको हो । पाथीभराको तर्फबाट ३५ औं मिनेटमा सुमन आले मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने ४२ औं मिनेटमा ऋषि थापा मगरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । २ गोलले पछि परेको वनस्खण्डी टिमका लागि ५२ औं मिनेटमा विक्रम बानियाँले गोल गर्दै अन्तर घटाए । त्यसको ३ मिनेटपछि अनिल थापा मगरले गोल गर्दै खेललाई बराबरीमा फर्काए । बाँकी समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा पाथिभराबाट राहुल क्षेत्री, कृष्ण लामा र ऋषि थापा मगरले गोल गर्दा सुरेन्द्र आले मगरको प्रहार बाहिरियो भने सुमन आले मगरको प्रहार वनस्खण्डीका गोलरक्षक रोहित कार्कीले रोके । यता वनस्खण्डी टिमको तर्फबाट लक्ष्मण बिडारी, प्रविण श्रेष्ठ, रोहित कार्की र विक्रम बानियाँले गोल गरे । अनिल थापा मगरले गोल गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच वनस्खण्डी टिमका गोलरक्षक रोहित कार्की भए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार