२५ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो ।
खेलको चौथो मिनेटमा रिजन लामाले गोल गर्दै भूटनदेवीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा वीके लामाले अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवैले गोल गर्ने केही राम्रो मौका पाएको भएपनि थप गोल हुन नसक्दा भूटनदेवी टिम २–० गोल अन्तरले विजयी भएको हो । खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका पहिलो गोलकर्ता रिजन लामा घोषित भए । उनले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार सहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
यस्तै दोस्रो खेलमा उत्कृष्ट ‘कमब्याक’ गर्दै वनस्खण्डी टिमले सेमीफाइनल यात्रा तय गरेको हो । खेलमा २–० ले पछि परिसकेको अवस्थामा खेललाई बराबरीमा फर्काउँदै टाइब्रेरमा १ नम्बर वडाको पाथिभरा टिमलाई हराएको हो । पाथीभराको तर्फबाट ३५ औं मिनेटमा सुमन आले मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने ४२ औं मिनेटमा ऋषि थापा मगरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । २ गोलले पछि परेको वनस्खण्डी टिमका लागि ५२ औं मिनेटमा विक्रम बानियाँले गोल गर्दै अन्तर घटाए । त्यसको ३ मिनेटपछि अनिल थापा मगरले गोल गर्दै खेललाई बराबरीमा फर्काए । बाँकी समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा पाथिभराबाट राहुल क्षेत्री, कृष्ण लामा र ऋषि थापा मगरले गोल गर्दा सुरेन्द्र आले मगरको प्रहार बाहिरियो भने सुमन आले मगरको प्रहार वनस्खण्डीका गोलरक्षक रोहित कार्कीले रोके । यता वनस्खण्डी टिमको तर्फबाट लक्ष्मण बिडारी, प्रविण श्रेष्ठ, रोहित कार्की र विक्रम बानियाँले गोल गरे । अनिल थापा मगरले गोल गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच वनस्खण्डी टिमका गोलरक्षक रोहित कार्की भए ।
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

















