Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

मन्त्रीहरूमा 'फस्ट' हुने रहर छ : लालबाबु पण्डित

Lal-Babu-1520654246.gif

सरल व्यक्तित्व र सामान्य जीवनशैलीका लालबाबु पण्डित सुशील कोइरालाको सरकारका पालामा सामान्य प्रशासनमन्त्री हुँदा विदेशी ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीको जागिर जानेगरी कानुन बनाएका कारण चर्चामा आएका थिए । प्रतिनिधिसभा निर्वाचनमा मोरङ—६ मा कांग्रेसका शेखर कोइरालालाई हराएर उनी फेरि चर्चामा आए । डेढ साताअघि दुई जना मात्रै मन्त्री बनाउँदा केपी ओलीको मन्त्रिमण्डलमा परेका पण्डित अहिले फरक मन्त्रालयको जिम्मेवारी पाउने आशामा छन् । मन्त्री पण्डितसँग सागर पण्डित र दिनेश गौतमले गरेको कुराकानीको सारसंक्षेप :

मन्त्री बनेपछि कत्तिको व्यस्तता बढेको छ ?

हाम्रोमा सञ्चारमाध्यम पनि धेरै छन् । बिहानैदेखि फोन आइहाल्छ । रेस्पोन्स गर्न मन लागिहाल्छ । दिनमै दुई÷तीनवटा कार्यक्रममा बोलाउँछन् । घाँटीमा समस्या आएर बोल्नसमेत गाह्रो भइरहेको छ । मोबाइल नम्बर नै फेर्नुपर्ने पो हो कि भन्नेजस्तो भइसकेको छ ।

प्रधानमन्त्री ओलीको पहिलो रोजाइमै पर्नुभयो नि ?

चुनाव जितेर आएपछि हिसाब-किताब गरौंला है कमरेड भनेर अन्य नेताजस्तै केपी कमरेडलाई पनि भनेर चुनावी मैदानमा गएको थिएँ । जितेर काठमाडौं आएपछि ओली कमरेडसँग भेट भयो । उहाँलाई लगाइदिन मैले माला र खादा लगेको थिएँ । उहाँलाई लगाइदिन खोज्दा मान्नुभएन । यो चुनावमा तपाईं हिरो हुनुभएको छ भन्ने अभिव्यक्ति दिनुभयो । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत नेता भेटें ।

सबैले त्यही शैलीकै अभिव्यक्ति दिनुभयो । जाडो समयमा गाउँमा न्यानो कपडा बाँड्न पुगें । संसदीय दलको बैठकमा पुगें । त्यहाँबाट फर्केर एक टेलिभिजनमा अन्तर्वार्ता दिई डेरामा फर्कन लाग्दा एकाएक दौरा सुरुवाल लगाएर आउन शीर्षनेताको फोन आयो । हत्त न पत्त दौरा सुरुवाल तानतुन पार्दै शीतल निवास गएँ । त्यहाँ पुग्नुअघि शपथ कुन मन्त्रालयको हो भन्ने पनि थाहा थिएन ।

सोच्दै नसोचेको मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कस्ता व्यवधान झेल्नु परिरहेको छ ?

झन्डै दुई वर्षअघि नै मैले कुन मन्त्रालयमा के-कस्ता सुधारका कार्य गर्न सकिन्छ भनेर योजना बनाइसकेको थिएँ । त्यसलाई सांकेतिक रूपमा सार्वजनिक गरिसकेको थिएँ । जस्तो, सबै मन्त्रालयको आन्तरिक ‘कनेक्सन’ गृह मन्त्रालयसँग हुन्छ । गृहलाई ठीक ठाउँमा राख्ने हो भने धेरै ठाउँमा सुधार हुन्छ । इमानदार र आँटिलो व्यक्ति हुने हो भने ६ महिनामै गृहमा सुधार ल्याउन सकिन्छ ।

आपराधिक कार्यमा ५० प्रतिशले कमी आउँछ । त्यस्तै, सरकारी अस्पतालमा जनताको स्वास्थ्य जाँच गर्न मन नगर्ने डाक्टर छन् भने तिनलाई त्यहाँ किन राख्ने ? तिनको सट्टा एक से एक डाक्टर सरकारी अस्पतालमा सेवा गर्न आउँछन नि ! मलाई शिक्षा मन्त्रालय दिने हो भने सरकारी विद्यालयमा नपढाई तलब खाने शिक्षकलाई ६ महिनाभित्र कारबाही गर्छु । कि बानी सपारेर पढाउन जान्छन् कि त सीधै कारबाहीमा पर्छन् । मलाई जुनसुकै मन्त्रालयको जिम्मेवारी दिए पनि काम गरेर देखाउँछु । व्यवधानलाई हटाउन जानेको छु । मेरा आइटम धेरै छन् तर सबैलाई एकैपटक सार्वजनिक गर्दिनँ।

अहिले मुलुक सामान्य अवस्थातर्फ गइरहेको हो ?

हेर्दा सामान्य लागे पनि अहिले राजनीतिक अवस्था असामान्य नै छ । संविधान कार्यान्वयनको सुरुवात भएको छ । समस्या र चुनौती धेरै छन् । संघीयतामा जाँदा पाइला ‘फुकि फुकि’ चल्नुपर्ने अवस्था छ । स्रोत-साधनको अभाव छ । कतिपयले नेपाल फेरि पनि अस्थिरतामा फस्यो भने स्वाद आउँथ्यो भनेर टुलुटुलु हेर्नेहरू पनि भएकाले यात्रामा आउने कठिनाइलाई हिम्मतसाथ समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था छ ।

यसमा नेतृत्वको भूमिकाले प्रभाव पार्ला नि ?

नेतृत्वले सबैलाई साथ लिएर अघि बढ्नुपर्ने हुन्छ । आर्थिक विकास र समृद्धिलाई अघि बढाउने मिसन छ । त्यसका लागि धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । भविष्यको सुखका लागि वर्तमानमा केही कठिनाइ सहनुपर्ने हुन्छ । अहिलेको सरकार पनि प्रतिबद्ध छ । मागेर कोही पनि धनी भएको छैन । आफ्नै मिहिनेतले धनी हुने हो । नेतृत्वको कौशल र शैलीमा त्यो भर पर्छ । भेडाको नेता सिंहलाई बनायो भने भेडाले पनि सिंहको जस्तै ‘एक्सन’ गर्छ । सिंहको नेतृत्व भेडा बनायो भने सिंहले पनि भेडाको जस्तै एक्सन गर्छ ।

मन्त्रिपरिषद् पूर्णतामा किन ढिलाइ ?

कांग्रेसलगायत अन्य दललाई पनि सरकारमा ल्याउन पाए हुन्थ्यो भन्ने हो । जतिखेर पनि प्रतिपक्ष हुनुपर्छ भन्ने छैन । कांग्रेस नआए पनि अन्य दललाई भए पनि ल्याउने स्थिति हो । प्रधानमन्त्रीज्यूले त्यसमा होमवर्क गरिरहनुभएको छ कि भन्ने मलाई लागेको छ । आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने लागेको छ ।

तपाईंले सम्हाल्दै आएको मन्त्रालय विभाजित भएको छ । अब कुन मन्त्रालयको जिम्मेवारी पाउँदै हुनुहुन्छ ?

मन्त्रालय घटाउने कुरा साँचो हो । मैले सम्हालेको मन्त्रालय पनि उछिट्टिएर दुईतिर गएको छ । प्रधानमन्त्रीले जुनसुकै मन्त्रालयमा जोसुकैलाई पठाउन पनि सक्नुहुन्छ र हटाउन पनि सक्नुहुन्छ । सात दिनका लागि मात्र मन्त्री बनाउन खोज्नुभएको त पक्कै होइन होला । अलि लामो समयसम्म मन्त्री बनाउनुहुन्छ होला । कुन मन्त्रालय दिनुहुन्छ त्यो प्रधानमन्त्रीकै कुरा हो । आँट, जोश र जाँगरसहित बुद्धि पु¥याएर काम ग¥यो भने जुन मन्त्रालयमा पनि सफल हुन सकिन्छ ।

प्रधानमन्त्री आलोपालो हुने सहमति गर्दा मन्त्रीहरू पनि आलोपालो हुने त होइन ?

व्यक्ति परिवर्तन हुन सक्छ । तर, मूलनीति परिवर्तन नभएपछि सरकार त उही नै हुन्छ । यसलाई अस्थिर सरकारका रूपमा सोच्नु पनि हुँदैन । हामीले जन्मको दिनमा मृत्युको कुरा गर्दैनौं । जन्मेपछि मृत्यु अवश्यंभावी छ । तर, जन्मेको दिन भोटो किनिन्छ र कात्रो पनि सँगै किनेर राख्ने चलन छैन । हामीले पनि अहिलेको परिस्थितिमा एकता र समृद्धिको बाटो हेर्ने हो ।

त्यहीबारे नै ध्यान केन्द्रित गर्ने हो । कठिनाइ आउँदा दीर्घकालीन समाधानको बाटो खोज्ने हो । कहिलेकाहीँ अल्पकालीन समाधानको बाटो खोज्नुपर्ने पनि हुन्छ । त्योबेला संकट व्यवस्थापन गर्नेतिर जानुपर्छ । अहिलेको काम कतिपय संकट व्यवस्थापन र कतिपय दीर्घकालीन नीतिसँग जोडिन्छ । त्यो कार्यक्रमसँग जोडिएर आउँछ ।

 संकट व्यवस्थापन र समृद्धि हासिलका लागि छिमेकी राष्ट्रसँगको सम्बन्ध कसरी अघि बढाउनुपर्छ ?

चीन र भारतसँगको सम्बन्धलाई समदूरीका रूपमा अघि बढाउनुपर्छ । त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्नुपर्छ । हामीभन्दा ठूला राष्ट्र भएका कारण ती दुवै राष्ट्रले हाम्रो हित हेर्नुपर्छ र हामीले पनि उनीहरूको हित हेर्नुपर्ने हुन्छ । उनीहरूको राष्ट्रिय हितमा हामी दख्खल दिँदैनौं । हाम्रो हितमा पनि उनीहरूले दख्खल नदिउन् । साझा हितका सवालमा आपसि समझदारीमा समस्याहरू टुंगो लगाउनुपर्छ ।

आर्थिक समृद्धिका लागि कर्मचारीतन्त्रको सहयोग चाहिएला तर अहिले त कर्मचारी प्रदेशमा नगएर अटेर गरिरहेका छन् नि ?

मैले पहिले कर्मचारीतन्त्र चलाइसकेको छु । कर्मचारीतन्त्रभित्रको समस्या प्रमुख होइन, सहायक मात्र हो । मुख्य समस्या राजनीतिभित्र छ । राजनीतिभित्र बाटो देखाउने कमान्डर अलमल पर्नु हुँदैन । कर्मचारीतन्त्र आफैँमा बाधक बन्न सक्दैन । तर, नेतृत्व गर्नेले कमान्ड राम्रोसँग गर्ने हो भने कर्मचारीतन्त्र सही मार्गमा आइहाल्छ । कर्मचारीतन्त्र हाँक्ने व्यक्तिमा भर पर्छन् यी सबै कुरा ।

 सामान्य प्रशासनमन्त्री हुँदा जुन रूपमा लोकप्रिय हुनुभयो अब फेरि मन्त्री बन्दा तपाईंको विगतको छवि कायम राख्ने र झन् परिस्कृत गराउने दबाब महसुस भइरहेको छ कि छैन ?

आकाशमा उडिरहेको चराले पनि धर्तीको आशा गरिरहेको हुन्छ किनकि त्यो चरा फेरि धर्तीमै बस्न आइपुग्छ । त्यस्तै, सगरमाथाको टुप्पोमा पनि कोही बसिरहन सक्दैन । ओर्लिनु परिहाल्छ । मेरो यात्रा पनि एउटा चुचुरोेमा पुगेपछि ओर्लिएर अर्को चुचुरो चढ्ने तयारी गर्ने हो । मलाई हिम्मत र सुझाव दिनुभयो भने अर्को चुचुरो पनि चढ्न सकिन्छ । मलाई कसैले तर्साउन खोजे भने पनि मेरो शक्ति झन् गुणात्मक रूपले बढ्दै जान्छ । मलाई ‘इगो’ उत्पन्न हुन्छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गरेका केही निर्णय उल्ट्याउनुभएको छ । सबै निर्णय उल्ट्याउने योजना छ ?

सबै निर्णय ‘होल्ड’ गरिएको छ । निर्वाचनको परिणाम आएपछि गरिएका तत्कालीन सरकारका निर्णय होल्ड गरिएको छ । त्यसमध्ये कतिपय शतप्रतिशत फुकुवा गर्नुपर्ने पनि होला । कुनै आंशिक फुकुवा गर्नुपर्ने होला । कुनै चाहिँ रद्द नै गर्नुपर्ने होला । अहिले विश्लेषण गर्नुपर्छ भन्ने मानसिकतामा छौं । कतिपय निर्णय कुण्ठा, आक्रोश, आवेगसँग जोडिएर पनि निर्णय गरेको पाइएको छ । देश र जनताको हितमा कानुन, प्रक्रियासम्मत भएका निर्णय उयपुक्त छन् भने कसले गरेको भन्नेतिर जाँदैनौं । राम्रो निर्णय गरेको छ भने जुन सरकारले गरे पनि सकारात्मक रूपमै लिनुपर्छ । पदमा रहँदा मात्र होइन, पदबाहिर रहँदा पनि त्यसको जिम्मेवारी लिनुपर्छ ।

पूर्ववर्ती सरकारले कस्ता निर्णय गरेको रहेछ ?

अमेरिकालगायत विकसित देशमा निर्वाचनपछि कुनै विवादास्पद निर्णय गर्छन् ? तर, नेपालमा के भयो ? आउने पाँच वर्षको सम्पूर्ण बजेटको अंश यही दुई महिनामा निर्णय गरेर सिध्याउने काम भएको छ । त्यसलाई जिम्मेवार कदम भन्ने कि गैरजिम्मेवार ? पुरानो लोकतान्त्रिक संस्कार सिकेको पार्टीले खै सिकेको ? पटक-पटक सत्तामा बसेर उनीहरूले के बुझे ? के गरे ? भविष्यमा राजनीति गर्नु पर्दैन ? तैपनि, हामीले कानुनसंगत छ र राष्ट्रको परिस्थिति एवं क्षमताअनुसार छ भने त्यसखालका निर्णयलाई सकारात्मक रूपमा लिन्छौं । तर, गैरजिम्मेवार निर्णय खारेज गर्ने, संशोधन गर्ने काम हुन्छ । कतिपय उपयुक्त छन् भने जस्ताको तस्तै लागू पनि हुन सक्छन् ।

प्रतिपक्षीमा बस्न पुगेको कांगे्रसको भूमिका अब कस्तो हुनुपर्ला ?

कांग्रेस पनि सरकारमा आएर मुलुक प्रतिपक्षीविहीन हुँदा राम्रै हुन्छ । देउवाजीले मान्छे पठाए हुने थियो । उहाँ आफैं आउने हो भने उपप्रधानमन्त्रीसहित उहाँले रोजेको मन्त्रालय दिन्छौं । प्रधानमन्त्रीज्यूलाई भन्नुपरे भन्छु । प्रधानमन्त्रीज्यूले ठाउँ छैन भन्नुभयो भने मै ठाउँ खाली गर्दिन्छु ।

साभार : अन्नपूर्ण पोष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार