३१ भदौ, हेटौँडा । कर्मचारी सञ्चय कोष हेटौँडा शाखाले एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको जनाएको छ । कर्मचारी सञ्चय कोषको ५५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा भएको कार्यक्रमा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा आव ०७२/०७३ को प्रगति विवरण प्रस्तुत गर्दै शाखा प्रमुख दिनेशकुमार केसीले कार्यालयले जनकपुर अञ्चलका सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, नारायणी अञ्चलका चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट गरी ९ जिल्लाका एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको बताए ।
उनका अनुसार आव ०७२/०७३ मा हेटौँडा शाखाबाट १५ हजार ९ सय ९८ सञ्चयकर्ताले १ अर्ब ६६ करोड ७५ लाख रुपैँया विशेष सापटी स्वरुप लिएका छन् । त्यसैगरी, ५३ सञ्चयकर्तालाई घर सापटीबापत ११ करोड १५ लाख रुपैँया र शैक्षिक सापटीतर्फ १५ जनालाई २ करोड ४ लाख रुपैँया कर्जा प्रवाह गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौँडाका कोष नियन्त्रक कृष्णप्रसाद पोखरेल, हरिकृष्ण कार्की, विमल खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खेलाडि र रक्तदातालाई सम्मान
बोर्षिकोत्सवको अवसरमा हेटौँडा भएको साताव्यापी कार्यालयमा विजयी खेलाडि र रक्तदातालाई शाखा कार्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा स्लो बाईक रेसमा नन्दकिशोर राय पहिलो र गौरीशंकर मल्लिक दोस्रो, हट पोटेटोतर्फ अरुण कार्की पहिलो र रामबहादुर खड्का दोस्रो, दौडतर्फ पोष्टराज निरौला पहिलो र रामबहादुर खड्का दोस्रो भएका थिए ।
त्यसैगरी, क्यारेमबोर्ड सिंगलतर्फ अतुल बास्कोटा पहिलो र नन्दकिशोर राय दोस्रो, व्याडमिन्टन सिंगलतर्फ दीपकराज भट्टराई पहिलो र अरुण कार्की दोस्रो भएका थिए । रक्तदाता २२ जनालाई पनि कार्यक्रमा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















