१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका बानियाँले विकासमा सबै राजनैतिक दलले राजनैतिक स्वार्थबाट माथि उठेर सहयोग गर्नु पर्ने बताए । यस खानेपानी योजनालाई विगतमा आफुले सहयोग गरेको भन्दै आवश्यक थप सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले अहिले घर नजिकको सरकार स्थानीय तह भएकाले विकासका लागि वडा कार्यालयसंग समन्वय गर्न समेत उनले सुझाव दिए ।
२०७२ सालदेखि निर्माण शुरु भएको योजनामा हाल सम्म १२ लाख ६० हजार खर्च भएको समितिले जनाएको छ । योजना २०७७ साल सम्ममा पूरा गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा खानेपानी योजना संचालन गर्न सहयोग गर्ने प्रदेशसभा सदस्य ईन्द्र बानियाँ, जग्गादाता मुक्तबहादुर थापा मगर, राष्ट्रिय योजना आयोगका कर्मचारी सुरज मुक्तानलाई सम्मान गरिएको थियो । यसैगरी, समितिको १३ औं वार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र घलानले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष घलानको सभापतित्वमा भएको कार्यक्रममा हेटौडा–१८ का वडा सदस्य तोयनाथ तिमल्सिना, नेपाली काँग्रेस मकवानपुका सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विक, समितिकी सचिव राधिका हुमागाई, स्थानीय बासिन्दा र संचारकर्मीको उपस्थिति रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















