१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ ।
वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई कारवाहीका लागि प्रशासनलाई पत्राचार गरेको हो । आव ०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले काम नगरेको भन्दै कारवाहीका लागि पत्राचार गरेको वडा अध्यक्ष अर्जुनप्रसाद चोलागाईले बताए ।
२०७४ बैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार समान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो । तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराउन आवश्यक प्रकृया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
शुभेच्छाद्वारा सडक बोर्ड र नगरपालिकाबाट लगानी गर्ने गरी सम्झौता भएको अन्य क्षेत्रको कामको समेत भुक्तानी रोकी आवश्यक कारवाही अघि बढाउन प्रशासनलाई आग्रह गरिएको छ भने यसको जानकारी हेटौँडा उपमहानगरपालिका कार्यालयलाई पनि दिईएको वडा अध्यक्ष चौलागाईले बताए । सडक कालोपत्रेको काम अघि बढाउन पटक पटक पहल गर्दा निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको पत्रमा उल्लेख छ । पत्र प्राप्त भएपछि निर्माण पक्षलाई प्रशासन कार्यालयले असार २० गतेभित्र काम सम्पन्न गर्न अल्टिमेटमसहित निर्देशन दिएको छ । समयमा सम्पन्न नभए कारवाही प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ ।
सडकमा ठूला ठूला खाल्डाखुल्डी हुँदा विद्यार्थी, वडा कार्यालयका सेवाग्राहीसहित यस सडकबाट पूर्वी मकवानपुर आवतजावत गर्ने सयौं सवारीलाई समस्या परेको चौलागाईको भनाई छ । ५५ लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २.४ किलोमिटर छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















