Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हात्तिलेटमा कालोपत्रे गरेको भोलिपल्टै उक्किएपछि स्थानीय आक्रोशित (भिडियोसहित)

Pich-1531559382.jpg

३० असार, हेटौँडा । समय छँदा काम गर्न नआएको निर्माण व्यवसायीले केही दिन अघिबाट शुरु गरेको कालोपत्रे उक्किएपछि हेटौँडा–६ हात्तिलेटका स्थानीय आक्रोशित भएका छन् । 
चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । ‘माटोमाथि नै कालोपत्रेका कारण यस्तो भएको हो ।’–एक स्थानीयले भने । हेटौँडा ६ नम्बर वडा कार्यालयले काम नगरेको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेपछि केही दिन अघि काम थालेको शुभेच्छा निर्माण सेवाले कमसल काम गरेको उनीहरुको भनाई छ । 
‘हिजो साँझ गरेको पिच आज विहानै उक्किन थालेको छ ।’–स्थानीय प्रतिक्षा चौलागाईले भनिन्–‘तर हेटौँडा उपनगरपालिकाका इन्जिनियरहरुले वास्ता गरेका छैनन् ।’ दिनदिनै पानी परिरहेको अवस्थामा निर्माण व्यवसायीले चिसो जमिनमा कालोपत्र गरिरहेको उनीहरुको भनाई छ । भिजेको जमिनमा कालोपत्रे गर्दा राज्यको लगानी खेर जाने तर कालोपत्रे नटिक्ने उनीहरुको भनाई छ । निर्माण व्यवसायीले क्रसिङ गरेको गिटि नहाली कमसल गिटि र बालुवा छरेर खाल्डो पुरेको पनि स्थानीयको गुनासो छ । 
हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले कालोपत्रेबारे गुनासो आएपछि उपमहानगरपालिकाका इन्जिनियरसहित आफुले निगरानी बढाएको बताए । जनप्रतिनिधिहरुको निगरानी र स्थानीयको दवावपछि उक्किएको ठाउँमा निर्माण व्यवसायी पक्षले टालेर गएपनि काम गुणस्तरीय नभएको स्थानीयको भनाई छ । आव ०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले २०७४ बैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार समान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो । 
तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराउन आवश्यक प्रकृया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको थियो । ५५ लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २.४ किलोमिटर छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार