Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो । 
बुधबार गरेको कालोपत्रे सवारी गुड्दा उक्किन थालेपछि ठेकेदार कम्पनीले बालुवा छरेको चौघडाका अस्मिर खानले बताए । उनले ठेकेदारले पानी परेको बेलामा पनि कालोपत्रे गर्दा यस्तो भएको गुनासो गरे । बालुवा छरेपछि उक्किएको ठाउँ बालुवाले पुरिएको उनीको भनाई छ । आफुहरुले पटक पटक ठेकेदारलाई भत्किएको स्थानमा पुनः कालोपत्रे गर्न भनेपनि वेवास्ता गरेको उनको भनाई छ ।
६ नम्बर वडा कार्यालय अगाडि नै बीच सडकमा कालोपत्रे उक्किएको उनीहरुको गुनासो छ । नगरपालिकाका प्राविधिकले नै काम नगर्न भनेपनि ठेकेदारले समस्या आए आफुले पुनः कालोपत्रे गरिदिने बताएपछि कालोपत्रे भएको थियो । शुक्रबार पनि पानी परेको अवस्थामा स्थानीयको असहमतिका बाबजुद कालोपत्रे गर्ने तयारी गरेको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने कमसल कामको रकम निकासा भए हेटौँडा उपमहानगरपालिकाले जवाफ दिनुपर्ने बताए । उनले आफुले स्थानीयबाट गुनासो आएपछि उपमहानगरपालिकाका प्राविधिकलाई पनि यसबारे सचेत गराएको बताएका छन् ।

sadak2-1532084351.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार