Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

विवादका कारण छतिवन-श्रीपुर सडक निर्माण रोकियो 

Dharan-hetauda-road-1533639702.jpg

File Photo

२२ साउन, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाँउपालीका हुँदै बाग्मति गाउँपालिका जाने धरान–चतरा मार्गमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । 
निर्माणाधिन सडकको श्रीपुरस्थित जंगलमा नेपाली सेना र सडक विभागको अवरोधपछि सडक स्तरिकरण नहुँदा सवारी आवागमनमा समस्या उत्पन्न भएको हो । दैनिक साना ठुला गरी ५० भन्दा बढी यात्रू तथा मालबाहक सवारी गुड्ने यो सडकमा फुर्केचौर–श्रीपुर खण्ड बर्षाका कारण क्षतिग्रस्त भएपनि मर्मत नभएको स्थानीयको गुनासो छ । नेपाली सेना, सडक विभाग र निर्माण कम्पनीको नीतिगत विवादका कारण सडक स्तरिकरण हुन नसकेको छतिवनका स्थानीय बताउँछन् । 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको फाष्ट ट्रयाक नेपाली सेनाको विकास निर्देशनालयले निर्माण तथा स्तरिकरण गरिरहेको छ । तर फाष्ट ट्रयाक र धरान–चतरा सडक वारपार हुने विन्दुमा सडक विभागले समेत निर्माण कम्पनीलाई काम गर्न रोक लगाएपछि सडक निर्माण रोकिएको छ । धरान–चतरा सडकको निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सनका कालिकाका प्रवन्ध निर्देशक ठाकुर ढकालले सडक विभागको आदेशका कारण फुर्केचौर–श्रीपुर खण्डको जङ्गल क्षेत्रमा काम गर्न नसकेको बताए । 
बकैया–५ का वडा अध्यक्ष शेरमान घलान राज्य संयन्त्रबीचको नीतिगत विवादले यो सडकबाट आवतजावत गर्ने यात्रु जोखिमपूर्ण ढंगले यात्रा गर्न बाध्य भएको बताउँछन् । धरानदेखि हेटौंडासम्म ३ सय ११ किलोमिटरको सिन्धुली देखि हेटौंडासम्मको यो सडकको पश्चिम खण्डको ११४ किलोमिटिर सडक कालिका कन्स्ट्रक्शनले निर्माण गरिरहेको छ ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार