Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

टीका लगाउँदा दिने आशिर्वाद र अर्थ

२५ असोज, काठमाडौं । असत्य माथि सत्यको विजय, आसुरी भावमा दैवी भावको अभ्युदय, स्वर्गीय सुख र परम मुक्तिपद प्रदान गर्ने शक्ति स्वरुपा भगवती नवदुर्गाको नवरात्रीसम्म व्रत बसि विजया दशमीको दिन नवदुर्गाको प्रसाद टीका र जमरा ग्रहण गर्दा मान्यजनबाट दिने आशिर्वादका आशिर वचनहरू संस्कृत श्लोकमा यसरी दिन सकिने बताइएको छ ।
आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।। 
शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तिसुते । 
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु , दशरथ राजा जस्तो श्री सम्पतिले परिपूर्ण, मर्यादा पुरुष भगवान् श्री रामचन्द्र जस्तो शत्रु नाश गर्नसक्ने क्षमता, सम्पूर्ण ऐश्वर्य (आनन्दको भोग)को भोग गर्ने नहुष राजा जस्तो, हावाको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यको जस्तो शान्त, अटल र तेजवान, बलमा बलराम (श्रीकृष्णका दाजु) जस्तो, सत्यवादीमा कुन्तिपुत्र युधिष्ठिर जस्तो र अनन्त कीर्ति राख्ने विश्व ब्रह्माण्डका कर्ता (मालिक) स्वयं इश्वर श्री नारायणको जस्तो होस् ।
जीवकल्प सहस्रेषु तेजो वृद्धि जय प्रदा ।
प्रथमं देवी कल्याणम् तीलकं रिपुमर्दनम् ।।

हजारौं कल्प कीर्ति बाँचोस् , तेजमा वृद्धि,  जय प्रदान, पहिलो कुरा देवीले कल्याण गर्नुहोस् तीलकले शत्रुनाश (खराब प्रवृत्तिको) हुन् ।
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोवाजिहस्ति धनधान्य समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु ।।

परम आनन्द, कुशल (सक्षम), दीर्घायु, गाई, घोडा र हात्ती आदिले युक्त,  धनधान्य सम्पतिले सम्पन्न,  सुख समृद्धि, ऐश्वर्य (सबै सुखबाट सम्पन्न), प्रतिस्पर्धामा विजय प्राप्त, शत्रुभावको नाश, अविरल सन्तान वृद्धि (वंश वृद्धि) सहित श्री हरिको चरणकमलमा भक्ति लागोस् ।
लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे । 
वर्धन्तां वन्धुवर्गासकलरिपुगणास् यान्तु पातालमूलम् ।। 
देशे देशे च कीर्तिस् प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा । 
जीव त्वं पुत्रपौत्रैसकलसुखयुतैर्हायनानां शतैश्च ।।

हातमा र घरमा लक्ष्मीको निवास होस् , वाणीमा  सरस्वतीले निवास गरुन् , दाजुभाइ (इष्टमित्र वन्धुवर्गादि) वृद्धि होउन्, शत्रुहरु पैतालामुनि रहुन्, देश विदेशमा पनि कीर्ति बढोस्, ठाउँ ठाउँमा उचित कार्यको प्रशंसा होस्, छोरा, नाति र पनाती आदि सबै सुख सहित भइ तिम्रो आयु सय बर्षको होस् ।
साभार : नेपालीपत्र


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार