Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

टीका लगाउँदा दिने आशिर्वाद र अर्थ

२५ असोज, काठमाडौं । असत्य माथि सत्यको विजय, आसुरी भावमा दैवी भावको अभ्युदय, स्वर्गीय सुख र परम मुक्तिपद प्रदान गर्ने शक्ति स्वरुपा भगवती नवदुर्गाको नवरात्रीसम्म व्रत बसि विजया दशमीको दिन नवदुर्गाको प्रसाद टीका र जमरा ग्रहण गर्दा मान्यजनबाट दिने आशिर्वादका आशिर वचनहरू संस्कृत श्लोकमा यसरी दिन सकिने बताइएको छ ।
आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।। 
शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तिसुते । 
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु , दशरथ राजा जस्तो श्री सम्पतिले परिपूर्ण, मर्यादा पुरुष भगवान् श्री रामचन्द्र जस्तो शत्रु नाश गर्नसक्ने क्षमता, सम्पूर्ण ऐश्वर्य (आनन्दको भोग)को भोग गर्ने नहुष राजा जस्तो, हावाको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यको जस्तो शान्त, अटल र तेजवान, बलमा बलराम (श्रीकृष्णका दाजु) जस्तो, सत्यवादीमा कुन्तिपुत्र युधिष्ठिर जस्तो र अनन्त कीर्ति राख्ने विश्व ब्रह्माण्डका कर्ता (मालिक) स्वयं इश्वर श्री नारायणको जस्तो होस् ।
जीवकल्प सहस्रेषु तेजो वृद्धि जय प्रदा ।
प्रथमं देवी कल्याणम् तीलकं रिपुमर्दनम् ।।

हजारौं कल्प कीर्ति बाँचोस् , तेजमा वृद्धि,  जय प्रदान, पहिलो कुरा देवीले कल्याण गर्नुहोस् तीलकले शत्रुनाश (खराब प्रवृत्तिको) हुन् ।
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोवाजिहस्ति धनधान्य समृद्धिरस्तु ।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु ।।

परम आनन्द, कुशल (सक्षम), दीर्घायु, गाई, घोडा र हात्ती आदिले युक्त,  धनधान्य सम्पतिले सम्पन्न,  सुख समृद्धि, ऐश्वर्य (सबै सुखबाट सम्पन्न), प्रतिस्पर्धामा विजय प्राप्त, शत्रुभावको नाश, अविरल सन्तान वृद्धि (वंश वृद्धि) सहित श्री हरिको चरणकमलमा भक्ति लागोस् ।
लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे । 
वर्धन्तां वन्धुवर्गासकलरिपुगणास् यान्तु पातालमूलम् ।। 
देशे देशे च कीर्तिस् प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा । 
जीव त्वं पुत्रपौत्रैसकलसुखयुतैर्हायनानां शतैश्च ।।

हातमा र घरमा लक्ष्मीको निवास होस् , वाणीमा  सरस्वतीले निवास गरुन् , दाजुभाइ (इष्टमित्र वन्धुवर्गादि) वृद्धि होउन्, शत्रुहरु पैतालामुनि रहुन्, देश विदेशमा पनि कीर्ति बढोस्, ठाउँ ठाउँमा उचित कार्यको प्रशंसा होस्, छोरा, नाति र पनाती आदि सबै सुख सहित भइ तिम्रो आयु सय बर्षको होस् ।
साभार : नेपालीपत्र


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार