७ कार्तिक, हेटौंडा । उद्योग मन्त्री नविन्द्रराज जोशीले सबै मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताएका छन् ।
हेटौंडा सिमेन्ट उद्योगमा अाइतबार भएको अन्तरक्रियामा उनले कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताए । अौद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको अवधारणा अघि सार्नु जरूरी रहेको मन्त्री जोशीको भनाई थियो । अहिले अौद्योगिक वातावरणबारे विदेशी लगानीकर्तामा गलत धारणा रहेकाले यसलाई चिर्न कामदार, रोजगारदाता र सरकार तीनै पक्षले ठोस काम गर्नु जरूरी रहेको मन्त्री जोशीले बताए ।
अाफु बन्द उद्योग सुचारू गरेर अघि बढ्ने पक्षमा रहेको बताउँदै यसका लागि केही निर्मम निर्णय लिनुपर्नेमा उनले जोड दिए । हायर एण्ड फायर, नो वर्क नो पे जस्ता विषयमा गलत प्रचार भईरहेको भन्दै भ्रमबारे स्पष्ट पार्न सरकार तयार रहेको भन्दै ढुक्क भएर काम गर्न कामदारहरू उनको अाग्रह थियो ।
उद्योग सचिव शंकर कोइरालाले हेटौंडा सिमेन्ट उद्योग सम्बद्ध पक्षलाई निश्चित अवधिको विस्तृत कार्ययोजना ल्याउन सुझाव दिए । अन्तरक्रिया कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह र ट्रेड युनियनका प्रतिनिधिले उद्योगको अवस्था र सुधारका अपेक्षाबारे अवगत गराएका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघले मन्त्री जोशीलाई स्वागत गरेको थियो । अध्यक्ष राजकुमार न्यौपाने र महासचिव महेन्द्र राउतसहितको टोलीले अार्थिक क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराउन मन्त्री जोशीलाई संघको ध्यानाकर्षण अवधारणा पत्र समेत बुझाएका थिए ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
