Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ । 

संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ को उपदफा ६ र ७ संगठन स्वतन्त्रता र सामुहिक सौदावाजीको भावना विपरित भएको भन्दै विरोध गरेको छ । बैठकले बन्द हड्ताल र नो वर्क नो पे जस्ता विवादित विषयलाई सरोकारवालाहरूसंग छलफल नगरि एकपक्षीय ढंगबाट एेनमा राखिएको भन्दै अापत्ति जनाएको छ ।

मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष धिरेन्द्रकुमार सिंहले एेनको दफा ४७ को उपदफा ६ र ७ मा रहेको श्रमिक विरोधी विषय खारेजीको माग गर्दै कार्तिक १८ गते संघका जिल्ला समितिले श्रम कार्यालयमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताए ।

त्यसैगरी, मंसिर १ गते अौद्योगिक प्रतिष्ठानका ईकाई समिति र जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गते सम्पूर्ण अौद्योगिक प्रतिष्ठानमा कालो व्यानर राख्ने निर्णय भएको छ । माग पूरा नभएर उद्योग प्रतिष्ठान बन्द गर्ने चेतावनी समेत संघको छ ।

बैठकले बन्द तथा रूग्ण उद्योग तत्काल संचालन गर्न र बन्द उद्योग एवं प्रतिष्ठानमा कार्यरत श्रमिकहरूको तलव तथा सुविधा उपलव्ध गराउन सरकार र व्यवस्थापनलाई दवाव दिने, ५ बर्षदेखि सामाजिक सुरक्षा कोष बापत कट्टा गरेको १% रकम प्रयोगका लागि सामाजिक सुरक्षा एेन पारितका लागि सम्बन्धित निकायसंग छलफल, दवाव र लविङ गर्ने समेत निर्णय गरेको छ । 

बैठकले अान्दोलन संचालन गर्न अध्यक्ष धिरेन्द्रकुमार सिंह संयोजक र सुरेश भगत, टेकेन्द्र पौडेल, विजय पौडेल, लक्ष्मणप्रसाद भट्टराई, प्रतिमा शाह र यमबहादुर श्रेष्ठ रहेको ७ सदस्यीय समिति र नयाँ संविधान अनुसार विधान संशोधनका लागि लक्ष्मणप्रसाद भट्टराई संयोजक, यम श्रेष्ठ, चन्दन झा, प्रेमशंकर पाण्डे र अनिल बस्ताकोटी सदस्य रहेको ५ सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । 

पत्रकार सम्मेलनमा कारखाना श्रमिक संघका पदाधिकारी, ट्रेड युनियन कांग्रेसका पदाधिकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार