१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामाकरणको टुंगो लगाउने बेला भई नसकेको बताएका छन् ।
शुक्रबार प्रदेशसभा भवनमा भएको पत्रकार सम्मेलनमा उनले राजधानी र नामाकरणको विषय परिपक्व भईनसकेकोले अहिले टुंगो नलागएको बताए । उनले अदालतमा मुद्धा परेको र राजनैतिक सहमति नजुटेकाले राजधानीको विषय टुंगो लगाउन बाँकी रहेको बताए । राजधानीको विषय प्रदेशसभाको अधिकारको विषय भएको भन्दै उनले समय आएपछि यो विषयलाई प्रदेशसभाबाट टुंगो लगाउने दावि गरे । ‘आँप झारेर पनि खान सकिन्छ तर समय आएपछि आफैं झर्छ नि’–उनले भने–‘राजनैतिक दलबीच सहमति जुटाएर राजधानी र नामको टुंगो लगाउँदा उपयुक्त हुन्छ ।’
उनले बजेट बाहेक अहिलेसम्मका सबै विधेयक प्रदेशसभामा सर्वसम्मत ढंगले पारित भएको स्मरण गराउँदै उनले राजधानीको विषय पनि सहमतिकै आधारमा हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा उपसभामुख राधिका तामाङले नीतिगत रुपमै उपसभामुखहरुको भूमिकालाई कम गरिएको बताईन् । यसबारे सभामुख र उपसभामुखहरुको भेलामा समेत छलफल भएको उनले जानकारी दिईन् ।
पत्रकार सम्मेलनमा प्रदेश सभाले बर्षे अधिवेशन अवधिभर गरेको गतिविधिबारे जानकारी दिईएको थियो ।
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...


















