Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डा. शंशाक कोइरालाद्धारा चार करोड बजेट सहित ५९ योजना सार्वजनिक

sasank-koirala-congress-1546917602.jpg

श्रीधर उपाध्याय

२४ पुस,गैँडाकोट ।संघीय सांसद क्षेत्र विकास कोष अन्तर्गत नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको हुन्छ । सोही विनियोजित रकम मध्ये नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ ।

नवलपुर क्षेत्र नम्बर एक अन्तर्गत गैँडाकोटमा १ करोड ४० लाखका २२ योजना, देवचुलीमा १ करोड १ लाखका १७ योजना, कावासोतीमा ८७ लाखका १३ वटा योजना, बुलिङ्टारमा ७० लाखका १७ योजना रहेका छन् । यस क्षेत्रमा अहिले सबै भन्दा बढी सडक पूर्वाधार तर्फ छुट्एिको छ । सडक पूर्वाधार तर्फ १ करोड ५४ लाख, सामुदायिक भवन निर्माणमा ७३ लाख, सिंचाईका क्षेत्रमा ३० लाख, सांस्कृतिक, पुरातात्विक भवन निर्माणका क्षेत्रमा ३६ लाख, सामुदायिक विद्यालय भौतिक पूर्वाधार तर्फ ५० लाख, खेलकुद क्षेत्रमा १० लाख, खानेपानी ढल निकास तर्फ १५ लाख, ग्रामिण विद्युतीकरण तर्फ २० लाख र अदुवा प्रशोधन केन्द्रका लागि १० लाख रकम छुट्याइएको छ ।

गैँडाकोट नगरपालिका अन्तर्गत गैँडाकोटमा सडक पूर्वाधार तर्फ ५० लाख, सामुदायिक सभागृह निर्माण तर्फ १४ लाख, सिंचाई तर्फ १० लाख, सांस्कृतिक पुरातात्विक तथा पर्यटन तर्फ २० लाख, सामुदायिक विद्यालयको पूर्वाधारतर्फ ३६ लाख र खेलकुद क्षेत्रमा १० लाख रकम विनियोजन गरिएको छ ।

देवचुली नगरपालिका तर्फ खानेपानी तथा ढल निकास तर्फ १५ लाख, सडक पूर्वाधार तर्फ ५० लाख, सामुदायिक सभागृह निर्माणतर्फ २६ लाख, सिंचाई तर्फ १० लाखका योजना छनोट गरिएको छ । कावासोती नगरपालिकामा सामुदायिक सभागृह निर्माण तर्फ ३३ लाख, सांस्कृतिक, पुरातात्विक तथा पर्यटनतर्फ १६ लाख, सडक पूर्वाधार तर्फ २४ लाख, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारतर्फ १४ लाख रहेको छ ।

बुलिङटार गाउँपालिका तर्फ बुलिङटारमा अदुवा प्रशोधन केन्द्र निर्माणका लागि १० लाख, सिंचाई कुलो निर्माणका लागि १० लाख, सडक पूर्वाधार तर्फ ३० लाख, ग्रामिण विद्युतीकरण तर्फ २० लाखका योजना रहेका छन् ।

नवलपुर एक नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका डा. कोइरालाको क्षेत्र हो । कोइरालाका यसै क्षेत्रबाट तीन पटक निर्वाचित भइसक्नुभएको छ । तीन तीन पटक निर्वाचित भइसक्दा पनि यस क्षेत्रका लागि प्रयाप्त काम गर्न नसकेको कोइरालालाई आरोप लाग्ने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार