२७ पुष, हेटौंडा । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो ।
तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ ।
यसैबीच पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश जारी गरेका छन् ।
राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा विश्व मानचित्रमा अंकित रहेको भन्दै हाम्रा पुर्खाको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शीर ठाडो पारेर बाँच्न मद्दत पुर्याएको उल्लेख छन् ।
उनले शुभकामना सन्देशमा देश एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न नसकिने र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव नभएको बताएकी छन् ।
नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको उनले स्मरण गरेकी छन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न पृथ्वीनारायण शाहको भनाइ प्रेरणादायी हुने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश दिँदै राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको भन्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।
उनले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















