Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्रीको थप्पड काण्डः कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम

file-photo-1547469219.jpg

फाइल फोटो

३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्  । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् । 
पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री  यादवले सचिव  झालाई थप्पड  हानेका थिए । उक्त घटनालाई लिएर आज धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले सचिव झालाई थप्पड हानेको घटनाको घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिएका हुन् ।  
ट्रेड युनियन धनुषाले कर्मचारीमाथि भएको हातपातले मनोबल गिराएको दाबी गर्दै सुरक्षाको प्रत्याभूतिको समेत माग गरेको छ । 
 युनियनले सुरक्षाको गर्दै आज मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउन आधिकारीक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साह, जुनियर वन प्राधिकरण संघ धनुषाका अध्यक्ष बचन साह, नेपाल निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष जितनारायण भत , आधिकारीक ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादव, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष नवलकिशोर यादव, नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषाका दिपक ठाकुर, राष्ट्रिय स्वास्थ्यकर्मी मिलन केन्द्र धनुषाका अध्यक्ष धनेश्वर यादव , नेपाल निजामति कर्मचारी युनियन संगठन धनुषाका तैयव राईन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च महोत्तरीका उपाध्यक्ष मनोज ठाकुर पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार