३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।
पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री यादवले सचिव झालाई थप्पड हानेका थिए । उक्त घटनालाई लिएर आज धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले सचिव झालाई थप्पड हानेको घटनाको घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिएका हुन् ।
ट्रेड युनियन धनुषाले कर्मचारीमाथि भएको हातपातले मनोबल गिराएको दाबी गर्दै सुरक्षाको प्रत्याभूतिको समेत माग गरेको छ ।
युनियनले सुरक्षाको गर्दै आज मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउन आधिकारीक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साह, जुनियर वन प्राधिकरण संघ धनुषाका अध्यक्ष बचन साह, नेपाल निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष जितनारायण भत , आधिकारीक ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादव, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष नवलकिशोर यादव, नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषाका दिपक ठाकुर, राष्ट्रिय स्वास्थ्यकर्मी मिलन केन्द्र धनुषाका अध्यक्ष धनेश्वर यादव , नेपाल निजामति कर्मचारी युनियन संगठन धनुषाका तैयव राईन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च महोत्तरीका उपाध्यक्ष मनोज ठाकुर पुगेका थिए ।
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...