Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रचण्डले भने– अहिलेको संविधानमा अधिकार नै अधिकार

Prachanda-1547651701.jpg

२ माघ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधानमा अधिकार नै अधिकार रहेको बताएका छन् ।
बागमति गाउँपालिका कार्यालयको झुरझुरेमा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले अहिलेको संविधानले जनतालाई धेरै अधिकार दिएको बताए । उनले नेपालको मौलिक हक अन्य देशको भन्दा धेरै रहेको भन्दै यसले नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकार नागरिकलाई दिन नसके उनीहरुले सरकारविरुद्ध मुद्धा दायर गर्न सक्ने व्यवस्था भएको बताए । 
उनले समानुपातिक प्रतिनिधित्वको नयाँ व्यवस्था देशमा आएको भन्दै बदलिएको व्यवस्थामा सबैको जिम्मेवारी फेरिएको बताए । अहिले बलियो सरकार बनेको र सिंहदरबारको अधिकार गाउँ तहसम्म पुगेको उनको भनाई थियो । उनले जनतालाई सुख सुविधा दिने, अधिकार दिने र पहिचान स्थापना गर्ने मूल उद्धेश्य रहेको बताए । उनले कुनै व्यवस्था आउँदैमा सुख शान्ति नआउने भन्दै यसले समृद्धि नल्याएसम्म व्यवस्था परिवर्तनको औचित्य नहुने बताए । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केस घलानले त्यस क्षेत्रका समस्याबारे अवगत गराएका थिए । १४ कोठे भवन ८९ लाख रुपैँयामा निर्माण भएको जनाईएको छ ।

Prachanda1-1547651703.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार