Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति

Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई तिब्रता दिएको छ । आन्दोलनका लागि शनिबार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गरेको छ ।
बैठकले प्रचारप्रसार उपसमिति संयोजकमा उपाध्यक्ष रामकुमार रायमाझी, आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष सूर्य रोक्का, यातायात उपसमिति संयोजकमा जिल्ला सदस्य साधुराम कठायत समिर, स्वयंसेवक उपसमिति संयोजकमा जिल्ला सदस्य राजकुमार बास्तोला र साउन्ड सिस्टम एवं मञ्च व्यवस्थापन उपसमिति संयोजकमा सदस्य निकेस लामालाई जिम्मेवारी दिईएको छ । उपसमिति संयोजकले ५ सदस्यीय समिति बनाउने अधिकार समेत दिईएको छ । 
तयारीबारे जानकारी दिंदै जिल्ला अध्यक्ष ईश्वर पाठकले प्रदेशस्तरीय आन्दोलनका लागि नेपाली कांग्रेसका प्रदेशभर रहेका पार्टी सभापतिहरु र तरुण अध्यक्षसंग समेत समन्वय भईरहेको बताए । तरुण दलले सरकारको गलत कार्यशैलीको विरुद्धमा माघ १० गते हेटौँडामा प्रदेशस्तरको आन्दोलन गर्ने र जनहितमा काम गर्नका लागि सरकारलाई दवाव सिर्जना गर्ने उनले बताए । 
आन्दोलनको तयारी ६० प्रतिशत सकिएको उनको भनाई छ । बैठकमा तरुण विभाग प्रमुख अर्जुन तिवारी, जिल्ला सदस्य नवराज वर्तौला लगायत तरुण नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार