Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा ७ हजार तरुण सरकार विरुद्ध उत्रने

50558674_553131028494278_-1548169272.jpg

८माघ, हेटौँडा । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध ७ वटै प्रदेशको राजधानिमा गरिने सरकार विरुद्धको विरोध प्रदर्शनको कार्यक्रमको तयारी हेटौँडामा पनि लगभग पुरा भएको छ । प्रदेश नम्बर ३ को राजधानि हेटौँडामा १० गते बहिबार गर्ने विरोध कार्यक्रमको तयारी लगभग पुरा भएको जनाइएको हो  । 
तरुण दल मकवानपुरले मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी लगभग पुरा भएको जनाएको हो । 
पत्रकार सम्मेलनमा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले वर्तमान ओलि सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै माघ १० गते हेटौंडाको विभिन्न स्थानमा करिब ७ हजार जना युवाहरुले सरकार विरुद्ध प्रदर्शन र कोणसभा गर्ने बताएका छन ।
उनले कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएकोमा हेटौंडामा पनि सरकारविरुद्ध विरोध प्रर्दशन  गरिने पाठकले बताए ।
माघ १० गते हुने विरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्धान गुरुङलगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागिता हुने पत्रकार सम्मेलनमा बताइएको छ । 
 विरोध जुलुस १० गते दिउँसो १२ बजे पार्टी कार्यालय हेटौंडा–२ बाट सुरु भई काँग्रेसचोक, उद्योगवाणिज्य संघ चोक, वुद्धचोक, चौघडा टेम्पो पार्क चोक, स्कुलरोड हुँदै सीमाचोक टिसिएन रोड, बसपार्क , राप्तीरोड हुँदै वुद्धचोकमा आएर कोणसभामा परिणत हुने अध्यक्ष पाठकले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

थप समाचार