Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तरुण दल सरकार विरुद्ध प्रदर्शनमा उत्रदै 

50558674_553131028494278_-1548298235.jpg

१० माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सरकार विरुद्ध बिरोध प्रदर्शन गर्दै छ । 
केन्द्रिय कार्यक्रम अनुसार तरुण दलले आज सरकार बिरुद्ध ७ वटै प्रदेशको राजधानिमा बिरोध प्रदर्शन गर्न लागेको हो । 
तरुण दल मकवानपुरले मंगलबार नै हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बिरोध प्रदर्शनको तयारी पुरा भएको जनाएको थियो । 
तरुण दलले वर्तमान ओलि सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै प्रदर्शन र कोणसभा गर्न लागेको हो ।
कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मुल्यबृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्तको हत्या लगायतका गैरकानुनी र अलोकतान्त्रिक गतिविधिको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले बताए ।
विरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्धान गुरुङलगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागिता हुने बताइएको छ ।
विरोध जुलुस आज दिउँसो १२ बजे पार्टी कार्यालय हेटौंडा–२ बाट सुरु भई काँग्रेसचोक, उद्योगवाणिज्य संघ चोक, वुद्धचोक, चौघडा टेम्पो पार्क चोक, स्कुलरोड हुँदै बुद्ध चोकमा पुगेर कोण सभामा परिणत हुने अध्यक्ष पाठकले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज नयाँ बर्ष हर्षोल्लासका साथ मनाइदै
Screenshot_20260414_07052-1776129626.jpg

१ बैशाख, हेटौंडा । आजदेखि विक्रम सम्वत २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ शुरुआतका...

सार्वभौमिकतालाई झुक्न नदिने दृढ संकल्प गर्नुपर्छ: राष्ट्रपति
Screenshot_20260414_06594-1776129292.jpg

१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1776128965.jpg

१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी...

कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने
congress-1776045222.jpg

३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ।  संसदीय दलको नेता चयनमा अब ढिला...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1776044446.jpg

३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

भरूवा बन्दुकसहित २ जना पक्राउ
bharuwa-banduk-1776044139.jpg

३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...

भारतीय चर्चित गायिका आशा भोसलेको निधन

२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1775955306.jpg

२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
IMG_0956-1775921835.png

२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ ।  शनिबार बिहान  मकवानपुरको भिमफेदी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg