१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् ।
मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही अनुसारको प्रविधि र सिपको प्रयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।
उनले कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्दै देशमा रोजगार सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न पनि आग्रह गरिन् । नेपालको राष्ट्रिय अखण्डतामा मकवानपुरगढीको ऐतहासिक महत्व रहेको भन्दै यसको संरक्षण र विकासमा राज्यको योगदान आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा भण्डारीले मकवानपुर गढीमा झण्डोतोलन गर्नुका साथै नेपालको नक्सा अंकित स्मारकको अनावरण गरेकी थिईन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मकवानपुरगढीको संरक्षणमा योगदान पुर्याउनु हुने केदार न्यौपाने, बद्री खतिवडालाई सम्मान गर्नुका साथै हाफ म्याथन दौडका विजेता खेलाडिलाई पुरस्कार प्रदान गरेकी थिईन् ।
कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले मन्तव्य व्यक्त गरेका थिए ।
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...