१६ माघ, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले पहिलो पटक दिएको सार्वजनिक विदा बुधबार मकवानपुरका सरकारी कार्यालयले वेवास्ता गरेका छन् ।प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रीपरिषद बैठकले सहिद दिवसको दिन आज प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको थियो । तर प्रदेश राजधानी हेटौँडामा रहेका संघीय सरकार अन्तरगतका सबै सरकार कार्यालयले यसको वेवास्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय, नापि कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयसहितका संघीय सरकार अन्तरगतका कार्यालयहरु बुधबार निर्वाध खुलेका छन् । सरकारी एवं नीजि बैंकले पनि प्रदेश सरकारको विदाको वेवास्ता गर्दै नियमित झैं सेवा दिएका छन् ।
प्रदेश सरकारको विदा कार्यान्वयन गर्नेमा विद्यालय, उद्योग कलकारखाना, प्रदेश तहका कार्यालय र स्थानीय तहका कार्यालय परेका छन् । कुनै कार्यालय खुल्ने तर कुनै बन्द हुँदा सेवाग्राही भने अन्यौलमा परेका छन् । केही समय अघि प्रदेश नम्बर २ सरकारले दिएको विदा पनि संघीय सरकार अन्तरगतका कार्यालयले वेवास्ता गरेपछि मूख्यमन्त्री र मन्त्री नै तालाबन्दी गर्न पुगेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















