Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली नेतृत्वको सरकार सबैभन्दा भ्रष्ट : सिंह

PrakashMan-Singh-1548847814.jpg

१६ माघ, हेटौँडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपि शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैभन्दा भ्रष्ट भएको बताएका छन् । 
भ्रष्टाचारमुक्त देश बनाउने बाचासहित प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकार सबैभन्दा बढि भ्रष्टाचारमा फसेको उनको भनाई थियो । नेपाली कांग्रेस पार्टी कार्यालय मकवानपुरमा बुधबार भएको कार्यकर्ता भेटघाटपछिको पत्रकार सम्मेलनमा नेता सिंहले वाईड बढि विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले भ्रष्टाचार गरेको प्रतिवेदन दिंदा समेत कारवाहीमा उदासिनता देखाएको बताए । 
उनले भ्रष्टाचारमा दोषि देखिएका मन्त्री रविन्द्र अधिकारीलाई जोगाउन खोजेर वर्तमान सरकारले आप्mनो भ्रष्ट्रचारी चरित्र सार्वजनिक गरेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाको नाम समेत मुछिएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा सभापति स्वयंले संसदमा भ्रष्टाचारको छानविन गर्न माग गरेको बताए । उनले दुई तिहाईको सरकार हरेक क्षेत्रमा असफल भएको समेत बताए । 
उनले सरकार कुटनैतिक क्षेत्र, परराष्ट्र नीति, सुशासन, विकास सबै क्षेत्रमा पूर्ण रुपमा असफल भएको दावि गरे । तीन तहको सरकार संचालनको लागि आवश्यक कानून निर्माणमा वेवास्ता गरेर सरकारले संघीयता कार्यान्वयनमा उदासिनता देखाएको समेत उनको आरोप छ । उहाँले गलत कार्यशैलीकै कारण दुई तिहाई प्राप्त ओली नेतृत्वको सरकार जनताबाट तिरस्कृत हुन थालेको बताए । 
पत्रकार सम्मेलनमा कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, पार्टी प्रवक्ता प्रदिप कोइराला लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार