Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बजेट एकातिर ,नीति योजना अर्को तिर: मुख्य मन्त्री पौडेल

IMG_20190130_102942-1548865765.jpg

 १६ माघ, हेटौंडा। प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणि पौडेलले  बजेट एकातिर र नीति योजना अर्को तिर हुने गरेको बताएका छन । राष्ट्रिय योजना आयोगको आयोजनामा  बुधबार हेटौँडामा भएको पन्ध्रौं योजना आधारपत्रसम्बन्धी प्रादेशिक परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नु हुँदै उहाँले नेपालको पन्ध्रौं योजनाको आधारपत्रमा टेकेर अघि बढेमा अबको ५ बर्षमा समृद्द नेपाल सुखी नेपाली बनाउन सम्भव रहेको बताएका हुन। उहाँले सबै निकायले जिम्मेवार भएर काम गर्न सके देशले चाँडै फट्कोे मार्ने बताएका छन् ।

मुख्यमन्त्रि पौडेलले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभएको छ । पौडेलले प्रदेश सरकारले छोटो अवधिमा धेरै काम गरेको पनि स्मरण गराउनु भएको छ । प्रदेशले स्थानिय तह र केन्द्रीय सरकारसंग तुलना गरेर काम नगरेको भन्न नमिल्नी उहाको भनाई छ । उहाँले अबको ५ वर्षभित्रमा मुलुक रुपान्तरण गरेरै देखाउने पनि प्रतिवद्धता जनाउनु भएको छ । यसको लागि ३ सरकारबिच सहकार्य हुन आवश्यक रहेको मुख्यमन्त्रि पौडेलले बताउनु भयो । उहाँले प्रदेशको अहिलेको बजेट सन्तोसजनक नभएको समेत बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोग प्रदेश ३ का संयोजक डा रामकुमार फुयालले सर्वसुलभ, गुणस्तरीय र आधुनिक पुर्वाधार निर्माण, उत्पादनशील र मर्या्दित रोजगारी अभिबृद्दी, उच्च दिगो र समाबेशी आर्थिक बृद्दी तथा गरिबी निवारण गर्दै समृद्दीको आधार निर्माण गर्नु नै नेपालको पन्ध्रौं योजनाको लक्ष्य रहेको बताउनु भएको छ । कार्यक्रममा नेपालको पन्ध्रौं योजनाको प्रस्तुतीकरण गर्नुहुदै डा फुयालले बचत तथा रास्ट्रीय  पुजि निर्माण मार्फत आत्मनिर्भर , सबल र समुन्नत अर्थतन्त्र निर्माण गर्ने उद्देश्य रहेको पनि स्पष्ट पार्नु भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुस्प कडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देबकोटा, प्रदेश मन्त्रीहरु, सभामुख सानुकुमार श्रेष्ठ,  उपसभामुख राधिका तामाङ, प्रमुख सचिब आनन्दराज ढकाल, संसदिय समिती सभापतिहरु, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम कुमार बस्नेत, राष्ट्रिय योजना आयोगका कार्यक्रम निदेशक लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

IMG_20190130_102943-1548865846.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार