Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले १० हजार कार्यकर्ता हेटौँडा उतार्ने

Party-Press-Meet-1549183903.jpg

२० माघ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले सोमबार १० हजार कार्यकर्ता हेटौँडामा उतार्ने भएको छ । वर्तमान सरकारको कार्यशैली अधिनायकवादी भएको भन्दै त्यसको विरोधमा १० हजार कार्यकर्ता उतार्ने भएको हो ।

पार्टी जिल्ला कार्यालय हेटौंडामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता एवं जिल्ला सदस्य प्रदिप कोइरालाले हेटौँडाका ४ नाकाबाट र्यालीसहित प्रदर्शन गर्ने उनले जानकारी दिए । ४ नाकाबाट कम्तिमा २५÷२५ सय नेता कार्यकर्ताले र्यालीमा सहभागिता जनाउने उनको भनाई छ । हेटौँडाको सानोपोखरा, भीमफेदी बसपार्क, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री गेटबाट र्याली निस्कने जनाईएको छ । सिमाचोक र बुद्धचोकको बिच सडकमा हुने प्रर्दशनमा कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा संसदीय दलका सचेतक पुष्पा भुसाल प्रमुख वक्ता रहनेछिन् ।

सरकारको अधिनायकवादी कार्यशैली, बढ्दो महंगी, असुरक्षा, भ्रष्टाचार लगायतका मुद्धामा विरोध प्रर्दशन गर्न लागेको कांग्रेसले जनाएको छ । डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्ने, दोहोरो कर खारेज हुनुपर्ने, हेटौँडालाई प्रदेश राजधानी कायम गर्नुपर्ने, विकासमा पक्षपात बन्द हुनुपर्ने लगायतका माग कांग्रेसको रहेको प्रवक्ता कोइरालाले जनाए ।

पत्रकार सम्मेलनमा निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव आनन्द कठायत, जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, भीमबहादुर भोम्जन लगायतको  सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार