Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारविरुद्ध आन्दोलन चर्काउने नेतृ भुसालको चेतावनी

IMG_0124-1549277957.JPG

२१ माघ, हेटौँडा । सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सोमबार प्रर्दशन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले केपि ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको बताइन् । उनले सरकारले एक बर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीतिक मर्यादा समेत कायम गर्न नसकेको बताईन् । उनले कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न खोजे कांग्रेसले संसद र सडकबाट खबरदारी गर्ने चेतावनी दिईन् । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान कम्युनिष्ट सरकार आएपछि गरिबी र भ्रष्टाचार चरम विन्दुमा पुगेको र विकास खर्च २० प्रतिशत पनि नभएको बताए । उनले जनताको हितमा काम गर्न नसक्ने, विकास गर्न नसक्ने, महंगी घटाउन नसक्ने, शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताए ।
नेपाली कांग्रेस मकवानपुरले गरेको विरोध प्रर्दशनमा सहभागीहरुले अधिनायकवादी कार्यशैली रोक्नुपर्ने, संसदीय मर्यादा कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तलाई न्याय दिनुपर्ने, डा. गोविन्द केसीको माग पुरा हुुनपर्ने लगायतका नारा लगाएका थिए । सभा अघि हेटौँडाको ४ वटा नाकाबाट ¥यालीसहित प्रर्दशन गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार