२९ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानी बारेमा धेरैको चासो रहेको छ । प्रदेश सभाको एक बर्षको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले अब राजधानी हेटौँडा नै हुने बताए पनि मूख्यमन्त्री डोरमणी पौडेलले भने कुरा चपाएका छन् ।
आफ्नो भाषणका क्रममा नेता बानियाँले हेटौँडा प्रदेशको राजधानी रहनेमा आफु ढक्क रहेको बताए । धेरै कुराले प्रदेशको राजधानी हेटौँडा नै हुने उनको दावि थियो । ‘रणनीतिक रुपमा र सडक सञ्जाल, रोजगारी, पूर्वाधार लगायतका हिसावले पनि अब राजधानी हेटौँडाबाट सर्दैन भन्नेमा म पूर्ण रुपमा विश्वस छु ।’–उनले थपे–‘मूख्यमन्त्री पनि विश्वस्त हुनुहुन्छ, सरकार पनि छ, बरु धेरै ढिलो नगरेर मूख्यमन्त्रीले आफ्नो दलबाट स्थायी राजधानीको टुंगो लगाए हेटौँडा हुनेमा द्विविधा छैन ।’ उनले अस्थिर मानसिकताबाट स्थिर मानसिकतामा लैजानका लागि पनि राजधानी टुंगो लगाउनुपर्नेमा जोड दिए ।
तर त्यस लगतै बोलेका मूख्यमन्त्री डोरमणी पौडेलले भने कुरा चपाएर आफ्नो मन्तव्य राखेका थिए । उनले राजनैतिक दलको नेतृत्व तहमा सहमति जुट्ने वितिकै राजधानीको टुंगो लाग्ने बताए पनि स्थान भने इंगित गर्न चाहेनन् । राजधानीको विषयले अस्थिर मनस्थिति रहेको बताउँदै उनले केही समस्या रहेको समेत सुनाए । उनले सहमतिका आधारमा मात्रै राजधानी सार्न सजिलो र सहज हुने बताए । ‘पार्टीको नेतृत्व तहमा सहमति गर्ने प्रयत्न भईरहको छ र त्यो सहमति भएको भोलीपल्ट हामी राजधानीको बारेमा टुंगो लगाउँछौं ।’ एउटा सहमति भए प्रक्रियामा जान सहज हुने बताउँदै उनले अब धेरै समय कुर्नु नपर्नेमा विश्वस्त हुन आग्रह गरे ।
७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...
७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...
७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...
७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...
७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...
६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...
६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...
६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...
६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...
२४ चैत, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत ...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...