५ फागुन, हेटौँडा । ठूलो तामझामका साथ उद्घाटनको चर्चा गरिएको मनहरीस्थित काष्ठ तथा फर्निचर उद्योगको कार्यक्रम फितलो भएको छ ।
कार्यक्रममा बोलाईएका प्रमुख अतिथि र विशेष अतिथि नै नआएपछि अन्तिम समयमा आयोजकको लाज जोगाईदिन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा पुगेका थिए । मनहरी गाउँपालिका संरक्षक र सामुदायिक वन उपभोक्ता महासंघ मनहरीको अगुवाईमा मनहरी–९ ज्यामिरेमा उद्योगको आइतबार उद्घाटन गरिएको छ । कार्यक्रमको संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालबाट उद्घाटन गर्ने भनिए पनि दुबै नआउने भएपछि आयोजकको लाज जोगाउन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका थिए ।
कार्यक्रममा सम्बन्धित कार्यालय वन डिभिजन कार्यालयबाट समेत कोही प्रतिनिधि पुगेनन् भने लक्षित वन समूहमध्ये केही अनुपस्थित रहेका थिए । कार्यक्रममा जनसहभागिता समेत कमजोर रहेको थियो । आकस्मिक ढंगबाट कार्यक्रममा उपस्थित हुनु परेका कारण प्रमुख अतिथि पौडेल अघि नै बोलेर हिडेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कार्यक्रममा उपस्थित नहुने अतिथिको कटाक्ष गरेर विताएका थिए । कमिसन खान नपाएर नआएका समेत एक वक्ताले भन्न भ्याएका थिए । कार्यक्रममा सहभागी अतिथिमध्ये थोरैलाई मात्रै बोल्न दिईएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, पूर्व संविधानसभा सदस्य राजाराम स्यांतान, गाउँपालिका प्रमुख एकराज उप्रेति, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रदेखि जिल्लासम्मका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम फेकोफन मनहरीका अध्यक्ष हेम उप्रतिको अध्यक्षतामा भएको थियो ।
काठ चिरानको समस्या भोग्दै आईरहेका उपभोक्ताहरुको हितमा ध्यानमा राख्दै काष्ठ तथा फर्निचर उद्योगको स्थापना गरिएको जनाईएको छ । ५१ प्रतिशत सामुदायिक वनउपभोक्ता समूहहरुको र बाँकी सर्वसाधारणको शेयर रहने गरी उद्योग संचालनको ढाँचा तयार गरिएको छ । यसअघि हेटौँडाको हर्नामाडि पनि यस्तै सामुदायिक काष्ठ मिल संचालन गरिएको थियो । त्यो काठ मिल अहिले कठिनाईका साथ संचालन भईरहेको छ ।
तस्विरहरु : एकराज उप्रेति र सूचना शिवकुमार काशीको फेसबुकबाट
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















