१० फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिुभवन विश्वविद्यालयको सहकार्यमा नेपालमा दुई वटा बैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलनका लागि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका दुई विभागबीच हेटौँडामा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मन्त्रालयको लगानी र त्रिभुवन विश्वविद्यालय व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) र विश्वविद्यालयकै जल तथा मौसम विज्ञान विभागको समन्वयमा सम्मेलन हुने भएको छ । मन्त्रालयका सहसचिव रघुराम पराजुली, रिकाष्टका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रामेश्वर अधिकारी र मौसम विज्ञान विभागका प्रमुख डाक्टर दिपक अर्यालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । युवा बैज्ञानिकका आवश्यकता पहिचान र विकासमा बैज्ञानिक पद्धतिको सदुपयोगका लागि सम्मेलनको आयोजना गर्न लागेको प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले बताए ।
काठमाडौंमा रिकाष्टले गर्ने देशभित्रको युवा बैज्ञानिक सम्मेलन बैशाख १० र ११ गते र मौसम विज्ञान विभागले गर्ने सार्कस्तरीय बैज्ञानिक सम्मेलन जेठ २२ र २३ गते हुने भएको छ । युवा बैज्ञानिक सम्मेलनमा देशभरका एक सय ५० र सार्कस्तरीय सम्मेलनमा विदेशी १५ जनासहित ५० जना बैज्ञानिकको सहभागिता रहने जनाईएको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि, नीति तथा योजना अयाोगका प्रतिनिधि, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















