११ फागुन, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस थाहा नगर कार्यसमितिको आयोजनामा शनिबार थाहानगरस्थित टिस्टुङ वनस्पती उद्यानमा भएको वनभोज तथा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै शर्माल् सरकारले जनताको विश्वास जितेर काम गर्न नसकेको बताए । उनले ओली सरकार सबैतिर असफल भएको भन्दै कांग्रेसले सरकारको गलत कामको सशक्त विरोध गरिरहेको बताए । अबको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी हुने र देशले गति लिने उनले विश्वास व्यक्त गरे ।
कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष अध्यक्ष हुमानाथ कोइराला, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा ,काँग्रेस नेता प्रमोद गुरागाईं ,पार्टी जिल्ला सदस्य कृष्णभक्त श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पवित्रा महत विष्ट, पार्टी २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा , नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली , महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, पार्टी थाहानगर वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, नेपाल विद्यार्थी संघ बज्रबाराही क्याम्पस उपाध्यक्ष अपेक्षा सुबेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गायिका शुष्मा कार्की, निशा लामा, सुनिल थापा, दिपराज खत्रीलगायतले गीतमार्फत मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य दिनेश उपाध्यायको विशेष संयोजकत्वमा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम भएको थियो ।
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...
७ जेठ,काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...