११ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।
उनले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएकोमा नगरपालिकालाई धन्यबाद समेत दिए । आगामी दिनमा पनि तिव्रगतिमा काम गर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। उनले आफुसंगै प्रशस्तै स्रोतसाधन भएकाले विकासका लागि हामीले कसैको मुख ताक्नु नपर्ने बताए । थाहानगरपालिका कृषि र पर्यटनमा निक्कै अगाडि रहेको बताउँदै पौडेलले ती क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सामुदायिक आँखा अस्पताल हेटौंडा , नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंले सामुदायिक आँखा केन्द्र संग समन्वय गरी आँखा सम्वन्धि धेरै समस्याहरुको यहिँ उपचार हुने गरी केन्द्र सञ्चालनमा आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
भिजन हिमालय फाउण्डेसनको सहयोगमा थाहा ३ मा सामुदायिक आँखा केन्द्रको भवन निर्माण भएको हो । भवन ४० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो भने भवन निर्माणका लागि थाहा नगरपालिकाले २ रोपनी १४ धुर जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । चारकोठे आँखा केन्द्रको भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान बिच गत वैशाखमा सम्झौता भएको थियो । थाहा नगरपालिका का मेयर लबसेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्याकारी अधिकृत डा. रीता गुरुङ, नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ, भिजन हिमालयका कोषाध्यक्ष चन्त्याल बयार्डले मन्तव्य व्यक्त गरेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















