Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आँखाका रोगीको उपचारमा डाक्टरहरुको योगदानको मुख्यमन्त्रीद्वारा प्रशंसा

Dormani-Paudel-Photo-Paus-1550929364.jpg

११ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।

उनले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएकोमा नगरपालिकालाई धन्यबाद समेत दिए । आगामी दिनमा पनि तिव्रगतिमा काम गर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। उनले आफुसंगै प्रशस्तै स्रोतसाधन भएकाले विकासका लागि हामीले कसैको मुख ताक्नु नपर्ने बताए । थाहानगरपालिका कृषि र पर्यटनमा निक्कै अगाडि रहेको बताउँदै पौडेलले ती क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए । सामुदायिक आँखा अस्पताल हेटौंडा , नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंले सामुदायिक आँखा केन्द्र संग समन्वय गरी आँखा सम्वन्धि धेरै समस्याहरुको यहिँ उपचार हुने गरी केन्द्र सञ्चालनमा आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

भिजन हिमालय फाउण्डेसनको सहयोगमा थाहा ३ मा सामुदायिक आँखा केन्द्रको भवन निर्माण भएको हो । भवन ४० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो भने भवन निर्माणका लागि थाहा नगरपालिकाले २ रोपनी १४ धुर जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । चारकोठे आँखा केन्द्रको भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान बिच गत वैशाखमा सम्झौता भएको थियो । थाहा नगरपालिका का मेयर लबसेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्याकारी अधिकृत डा. रीता गुरुङ, नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ, भिजन हिमालयका कोषाध्यक्ष चन्त्याल बयार्डले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

थप समाचार