1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

'हेटौंडा गट ट्यालेन्ट'मा ४७ जना सहभागी हुने

२९ कार्तिक, हेटौंडा । हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको हेटौंडा गट ट्यालेन्टमा ४७ जना सहभाागी हुने भएका छन् । प्रतिष्पर्धामा गायनतर्फ ३० र नृत्य तर्फ १७ जनाले सहभागिता जनाउने भएका हुन् ।

कार्यक्रम संयोजक विशाल घोषका अनुसार नामावली दर्ता गराउने अन्तिम दिन सोमबार सम्ममा गायन र नृत्य गरी ४१ जनाले सहभागिताको लागि नाम टिपाएका हुन् । नाम दर्ता गराएका मध्ये गायन तर्फको पहिलो चरणको छनौट कार्तिक ३० गते मङ्गलबार र नृत्य तर्फको छनौट मंसिर १ गते बुधबार हुनेछ ।

‘हामीले पेण्टिङको पनि प्रतिस्पर्धा गराउने भनेका थियौं, २ जनाले मात्र नाम दर्ता गराएका छन्’, संयोजक घोषले भने, ‘उनीहरु २ जनालाई कुनै एउटा बिषयमा चित्र बनाउन दिनेछौं र उनीहरुको चित्र प्रतिष्ठानमा राख्नेछौँ ।’ पहिलो चरणको छनौटबाट गायन तर्फ १५ र नृत्य तर्फ १० जनाको छानिने छन् ।

त्यसपश्चात दुवै विधाका प्रतियोगीलाई ६० प्रतिशत निर्णायकको निर्णयको आधारमा, बाँकी ४० प्रतिशतमा फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गरिने बताइएको छ । दुवै विधाको छनौट एक/एक दिन बिराएर गरिने आयोजकको तयारी रहेको छ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक/एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेन्टको उपाधी दिइने संयोजक घोषले जानकारी दिए ।

ट्यालेन्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ । ‘आफूसंग भएको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नेले हेटौंडा गट ट्यालेन्ट जित्नेछ’, संयोजक विशाल घोषले भने, ‘यो गायन वा नृत्य जुनसुकै क्षेत्रको प्रतिभा पनि हुन सक्छ ।’


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन
oli-ramchandra_edit_25012-1742734043.jpg

१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...

ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छः देउवा
Sher-Bdr-1742718475.jpg

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...

सुनको मूल्य घट्यो
Gold-1742717932.jpg

१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
1680160635_1653826712_nep-1742693452.jpg

१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742692821.jpg

१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...

बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1742692491.jpg

१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

थप समाचार