२९ कार्तिक, हेटौंडा । हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको हेटौंडा गट ट्यालेन्टमा ४७ जना सहभाागी हुने भएका छन् । प्रतिष्पर्धामा गायनतर्फ ३० र नृत्य तर्फ १७ जनाले सहभागिता जनाउने भएका हुन् ।
कार्यक्रम संयोजक विशाल घोषका अनुसार नामावली दर्ता गराउने अन्तिम दिन सोमबार सम्ममा गायन र नृत्य गरी ४१ जनाले सहभागिताको लागि नाम टिपाएका हुन् । नाम दर्ता गराएका मध्ये गायन तर्फको पहिलो चरणको छनौट कार्तिक ३० गते मङ्गलबार र नृत्य तर्फको छनौट मंसिर १ गते बुधबार हुनेछ ।
‘हामीले पेण्टिङको पनि प्रतिस्पर्धा गराउने भनेका थियौं, २ जनाले मात्र नाम दर्ता गराएका छन्’, संयोजक घोषले भने, ‘उनीहरु २ जनालाई कुनै एउटा बिषयमा चित्र बनाउन दिनेछौं र उनीहरुको चित्र प्रतिष्ठानमा राख्नेछौँ ।’ पहिलो चरणको छनौटबाट गायन तर्फ १५ र नृत्य तर्फ १० जनाको छानिने छन् ।
त्यसपश्चात दुवै विधाका प्रतियोगीलाई ६० प्रतिशत निर्णायकको निर्णयको आधारमा, बाँकी ४० प्रतिशतमा फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गरिने बताइएको छ । दुवै विधाको छनौट एक/एक दिन बिराएर गरिने आयोजकको तयारी रहेको छ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक/एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेन्टको उपाधी दिइने संयोजक घोषले जानकारी दिए ।
ट्यालेन्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ । ‘आफूसंग भएको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नेले हेटौंडा गट ट्यालेन्ट जित्नेछ’, संयोजक विशाल घोषले भने, ‘यो गायन वा नृत्य जुनसुकै क्षेत्रको प्रतिभा पनि हुन सक्छ ।’
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















