Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापालाई झट्का : बोहरा आए चन्दसहित दर्जनले छोडे

Kamal-1551013951.jpg

१२ फागुन, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापालाई ठूलो झट्का लागेको छ । पार्टी एकिकरणको प्रयास असफल भएपछि देशभर आन्दोलन चर्काउने तयारीमा जुटेका बेला उनलाई ठूलो झट्का लागेको हो । 
राप्रपाका पुराना नेता एवं पूर्वमन्त्री दिपक बोहोरा राप्रपामा प्रवेश गरेकै दिन राप्रपाका नेता एवं पूर्वमन्त्री जयन्तबहादुर चन्दसहित एक दर्जन नेताले कमल थापालाई छोडेका छन् । चन्दले एक दर्जन नेता लिएर पार्टी परित्याग गरेको समाचार बाहिरिएको छ । चन्दैसंगै भरत पाठक, भरत गिरि, प्रल्हाद साह, दिनेश श्रेष्ठ, गोविन्द खनियाँ, सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले राप्रपा परित्याग गरेको खबर अनलाईन खबरले बनाएको छ ।
पार्टी परित्याग गरेका उनीहरु केही दिनमा राप्रपा संयुक्तमा प्रवेशको तयारीमा रहेको राप्रपा स्रोतले जनाएको छ । तर बोहेरालाई पार्टी प्रवेश गराउने क्रममा राप्रपा अध्यक्ष थापाले पार्टी एकिकरणका लागि ढिलाई नगर्न राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई आग्रह गरिरहेका थिए । एकजनालाई पार्टी प्रवेश गराउँदा दर्जन नेताले पार्टी छोड्दा राप्रपालाई नोक्सानी पुगेको नेताहरुले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार