Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको भिमफेदी र हेटौंडा ७ मा क्रियाशिल वितरण 

53390435_693530954378517_-1552127108.jpg

२५ फागुन, हेटौँडा ।भिमफेदी गाउँपालिका ३ र ४ तथा हेटौंडा उपमहानगरपालिका ७ नागश्वतीमा कांग्रेस मकवानपुरले शनिबार क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस भिमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षता भएको क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले दुई तिहाईको कम्युनिष्ट सरकारले सरकार गठनको एकवर्ष पूरा हुँदापनि केही गर्न नसक्दा जनताको आशामा निराशा छाएको बताउँदै सरकार अहिले भ्रष्टाचारी र बलत्कारीको पक्षपोषण गर्न मात्रै लागि परेको बताईन । क्रियाशिल वितरण तथा अगुवा भेला कार्यक्रममा मित्रबन्धु सिञ्जालीको संयोजकत्वमा ७ सदस्यीय नेपाल तरुण दल भिमफेदी गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।
 त्यसैगरी कांग्रेस हेटौँडा उपमहानगरपालिका ७ नम्बर वडाले पनि क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस  हेटौंडा ७ का वडा सभापति दामोदर गौतमको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला भएको हो ।
कार्यक्रममा  जिल्ला पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य भरत लामा, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, साविक भैसे सभापति नारायण थापा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटा, पूर्व क्षेत्रीय सचिव दीपक खड्का, नगर कोषाध्यक्ष कविन सांगामी, काठमाडौं मकवानपुर सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य ब्यक्त गरका थिए ।
भिमफेदी ३ र ४ को संयुक्त कार्यक्रममा  ६४ जना र हेटौंडा उपमहानगरपालिका ७ मा ५१ जनालाई क्रियाशिल सदस्यता वितरण गरिएको थियो । दुवै कार्यक्रममा नेकपासहित विभिन्न पार्टी परित्याग गरि ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

53661820_297392804264320_-1552127108.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार