२५ फागुन, हेटौँडा ।भिमफेदी गाउँपालिका ३ र ४ तथा हेटौंडा उपमहानगरपालिका ७ नागश्वतीमा कांग्रेस मकवानपुरले शनिबार क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस भिमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षता भएको क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले दुई तिहाईको कम्युनिष्ट सरकारले सरकार गठनको एकवर्ष पूरा हुँदापनि केही गर्न नसक्दा जनताको आशामा निराशा छाएको बताउँदै सरकार अहिले भ्रष्टाचारी र बलत्कारीको पक्षपोषण गर्न मात्रै लागि परेको बताईन । क्रियाशिल वितरण तथा अगुवा भेला कार्यक्रममा मित्रबन्धु सिञ्जालीको संयोजकत्वमा ७ सदस्यीय नेपाल तरुण दल भिमफेदी गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।
त्यसैगरी कांग्रेस हेटौँडा उपमहानगरपालिका ७ नम्बर वडाले पनि क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
कांग्रेस हेटौंडा ७ का वडा सभापति दामोदर गौतमको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा अगुवा कार्यकर्ता भेला भएको हो ।
कार्यक्रममा जिल्ला पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य भरत लामा, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, साविक भैसे सभापति नारायण थापा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटा, पूर्व क्षेत्रीय सचिव दीपक खड्का, नगर कोषाध्यक्ष कविन सांगामी, काठमाडौं मकवानपुर सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य ब्यक्त गरका थिए ।
भिमफेदी ३ र ४ को संयुक्त कार्यक्रममा ६४ जना र हेटौंडा उपमहानगरपालिका ७ मा ५१ जनालाई क्रियाशिल सदस्यता वितरण गरिएको थियो । दुवै कार्यक्रममा नेकपासहित विभिन्न पार्टी परित्याग गरि ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















