२ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ शुरू भएको छ ।
प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव शुरू भएको हो ।
मेलाको उद्घााटन मध्यमाञ्चलखक्षेत्रीय प्रशासक विनोद केसीले गरेका थिए । मेलाको उद्घाटन गर्दै केसीले जिल्लाको विकासका लागि सबै युवाहरु जुट्नुपर्ने समय आएको बताए । ‘मेला महोत्सवमात्र होइन । अब सबै क्षेत्रको विकास गर्नका लागि हामी जुट्पर्ने समय आएको छ । अब हेटौंडाले विकासका पूर्वाधारको पनि विकास गर्दै लैजानुपर्ने अवस्था आएको छ,’ उनले भने । उनले मकवानपुरलाई प्रान्तीय सदरमुकाम बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, खेलकुद पत्रकार मञ्च केन्द्रीय समिति महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, राजनीतिक दलका तर्फबाट राप्रपा नेपाल केन्द्रीय सदस्य नवराज बिष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघ महासचिव महेन्द्र राउत, आयोजक सल्लाहकार प्रताप बिष्ट, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष सविन भट्टाचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवको उद्घाटन समारोहमा नेपाली एथ्लेटिक्स क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका पूर्व ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक अमिरीप्रसाद यादबलाई आयोजकले सम्मानित गरेको थियो । मेला अवधिभर खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकाहरुलाई सम्मानित गर्ने बताइएको छ ।
महोत्सवको ‘पावर्ड बाइ’को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठानसंग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको बताए ।
बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । महोत्सव उद्घाटन हुनुपूर्व हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा निकालिएको थियो । शोभा यात्रा हुप्रचौर, मेनरोडहुँदै मेला स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
तीनसय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
महोत्सव करिव २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।
१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...
१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...
१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...
१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...
१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...