Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भूटनदेवी पार्कमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव शुरू

20161117_115836-1479393288.jpg

२ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ शुरू भएको छ ।
प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव शुरू भएको हो । 
मेलाको उद्घााटन मध्यमाञ्चलखक्षेत्रीय प्रशासक विनोद केसीले गरेका थिए । मेलाको उद्घाटन गर्दै केसीले जिल्लाको विकासका लागि सबै युवाहरु जुट्नुपर्ने समय आएको बताए । ‘मेला महोत्सवमात्र होइन । अब सबै क्षेत्रको विकास गर्नका लागि हामी जुट्पर्ने समय आएको छ । अब हेटौंडाले विकासका पूर्वाधारको पनि विकास गर्दै लैजानुपर्ने अवस्था आएको छ,’ उनले भने । उनले मकवानपुरलाई प्रान्तीय सदरमुकाम बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, खेलकुद पत्रकार मञ्च केन्द्रीय समिति महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, राजनीतिक दलका तर्फबाट राप्रपा नेपाल केन्द्रीय सदस्य नवराज बिष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघ महासचिव महेन्द्र राउत, आयोजक सल्लाहकार प्रताप बिष्ट, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष सविन भट्टाचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवको उद्घाटन समारोहमा नेपाली एथ्लेटिक्स क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका पूर्व ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक अमिरीप्रसाद यादबलाई आयोजकले सम्मानित गरेको थियो । मेला अवधिभर खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकाहरुलाई सम्मानित गर्ने बताइएको छ ।
महोत्सवको ‘पावर्ड बाइ’को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठानसंग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको बताए ।
बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । महोत्सव उद्घाटन हुनुपूर्व हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा निकालिएको थियो । शोभा यात्रा हुप्रचौर, मेनरोडहुँदै मेला स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । 
तीनसय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् ।  मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ । 
महोत्सव करिव २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार