३ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा बिहीबारबाट हेटौंडा आँखा पछाडीको खाली जग्गा (भूटनदेवी पार्क) मा सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव २०७३ जारी रहेको छ ।
नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवको दोस्रो दिन मकवानपुरका विभिन्न गाउँ गाउँबाट मानिसहरु महोत्सव अवलोकनका लागि आएको आयोजकले जानकारी दिएको छ । राउटेको स्टलमा मानिसहरुको भीड लागेको छ । यस्तै अन्य स्टलमा समेत मानिसहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ ।
‘महोत्सवको दोस्रो दिन उल्लेख्य मात्रामा दर्शकको उपस्थिती पाएका र्छौं’, आयोजक सुमन भोम्जन स्मृति प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले भने, ‘भोलीका दिनहरुमा अझै दर्शकको भीड बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।’ प्रतिष्ठानको आयोजनामा पहिलो पटक महोत्सव भएको स्मरण गराउँदै उनले सबैको सल्लाह एवम् सुझाव अनुसार यो महोत्सवलाई १३ दिनसम्म सञ्चालन गरिने जानकारी दिए ।
हसाए दमनले, नचाए बद्रीले
महोत्सवको दोस्रो दिन शुक्रबार हाँस्य कलाकार दमन रुपाखेती र सुजित थापाले हाँस्य प्रश्तुती पस्केका छन् ।
महोत्सव स्थलमा उपस्थित दर्शकहरु उनीहरुको प्रश्तुतीबाट मनोरञ्जन लिइरहृेका देखिन्थे । उनीहरुले विभिन्न नेताको क्यारिकेचर एवम् सामाजिक विकृतिको बिषयमा चोटिलो प्रहार गरेका थिए ।
झमक्कै साँझ परेपछि स्टेजमा उत्रिएका लोक गायक बद्री पंगेनीको प्रस्तुती अन्तिमसम्म नाचेर अवलोकनकर्ताले साथ दिइरहेका थिए । रातो पछ्यौरी बोलको गीतबाट आफ्नो प्रश्तुती सुरु गरेका पंगेनीले खान्न म त पिँडालु कोक्यायो, नाचौला झ्याउरेको तालैमा लगायत करिब आधा दर्जन गीत गाएका थिए ।
महोत्सवमा गायिका प्रिया भण्डारी लगायतले आफ्नो प्रश्तुती महोत्सवमा पस्केका थिए । जारी महोत्सवमा शनिबार गायक सविन राई, लोकगायक भोजराज काफ्ले र हाँस्यकलाकार सविन काफ्लेको प्रस्तुती रहने महोत्सव प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...
२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...
२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले...
२४ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा फर्कने...
२४ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । कोशी प्रदेश र गण्डकी प्रदेशका...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
११ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको हो । नेपाल...










-1761633654.jpg)




-1761227295-1761703255.jpg)

