Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडाको ४ वटा वडाका ७३ युवा नेपाली कांग्रेस प्रवेश

1-1552739059.JPG

२ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ७३ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकका क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । 
कांग्रेसका जिल्ला सदस्य राजन खरेलको पहलमा हेटौँडा वडा नम्बर ४, ८, ९ र १० का युवाहरु राप्रपा र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका युवाहरुलाई कांग्रेस जिल्ला सभापति एवं प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहितका जिल्ला नेताहरुले स्वागत गरेका थिए । 
कार्यक्रममा बोल्दै सभापति बानियाँले कांग्रेसको बोली र व्यवहार एउटै भएको र विकासमा समर्पित पार्टी भएकाले अहिले युवाहरु कांग्रेसप्रति आकर्षित भएको बताए । युवाहरुलाई पार्टी र अन्य क्षेत्रमा अवसर उपलव्ध गराउने प्रतिवद्धता समेत उनको थियो । उनले भ्रमको खेति गर्ने तर काम नगर्ने कम्युनिष्टदेखि जनता दिक्क भएको भन्दै कांग्रेसले नै सबैको हित गर्ने दावि समेत गरे । 
कार्यक्रममा पार्टी जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार उमा दाहाल, दामोदर सुवेदी, भरत पराजुली, विभिन्न विभागका प्रमुख, जिल्ला सदस्य र नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
यसैगरी, जिल्ला बैठकले पार्टी संगठन सुदृढिकरण अभियानलाई तिब्र ढंगले संचालन गर्ने निर्णय गरेको छ ।

2-1552739062.JPG
3-1552739064.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार