Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एकैदिन ३५ हजारले गरे मेला अवलोकन

Mahotsab-1478758514-1479563497.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव शनिबार करिब ३५ हजारले अवलोकन गरेका छन् ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान तथा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत शनिबार महोत्सवमा अवलोकनकर्ताको घुइचो लागेको थियो । अन्य दिनका तुलनामा मेलाको तेस्रो दिन मेला स्थल भरिएको थियो । मेलामा विहानैबाट भीड लागेको र व्यापार पनि मनग्य भएको आयोजकले जनाएको छ ।

आयोजक समितिका अध्यक्ष भेष खड्गीले दिन प्रतिदिन मेला भर्नेको संख्या बढिरहेको भन्दै दर्शकहरुको रुचिमा राष्ट्रिय कलाकार र विविध खेलकुद प्रतियोगिता रहेको बताए । खड्गीका अनुसार मंसिर ८ र ९ गते हुने कुस्ती प्रतियोगिताका लागि अग्रिम टिकट लिनेहरुको संख्या समेत बढेको छ । ‘मेलाको अर्को मुख्य आकर्षण भनेको कुस्ती प्रतियोगिता पनि हो । त्यसका लागि पनि टिकट बुकिङ भइरहेको छ’, उनले हेटौंडा गट ट्यालेण्टका कारण पनि मेला भर्नेको संख्या बढेको बताए ।

नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सवमा शनिबार राष्ट्रिय गायक सविन राई र उनको ब्याण्ड तथा लोकगायक भोजराज काफ्लेले मनोरञ्जन प्रदान गरेका थिए । जारी महोत्सवमा आइतबार ८८४८ ब्याण्ड, गायक ध्रुब विस्को, र्याप गायक भरत समारी र विश्वकै होचो व्यक्ति दीपेन शाही आउने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।

तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ ।

महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार