Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

ट्रेड युनियनद्वारा हेटौंडा सिमेन्टका अध्यक्ष न्यौपानेको स्वागत

1-1479993254.jpg

९ मंसिर, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले  बिहीबार हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेलाई उद्योगका ट्रेड युनियनहरुले बिहीबार स्वागत तथा बधाई कार्यक्रम गरेका छन् ।
नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा उद्योगका अध्यक्ष न्यौपानेले अन्य जिल्लामा जस्तो यहाँका ट्रेड युनियनहरुले विभिन्न बहानामा अहिलेसम्म उद्योग बन्द गरेको आफूलाई थाहा नभएको भन्दै धन्यवाद व्यक्त गरे ।

अध्यक्ष न्यौपानेले आफू भर्खर अध्यक्ष भएर आएकोले उद्योगको गतिविधीहरुको बारेमा बुझ्न केहीदिन लाग्ने भएकोले अहिल्यै आफूले यसो गर्छु र उसो गर्छु भन्दै ठूला कुरा नगर्ने बताए । एक हातले ताली नबज्ने भन्दै अध्यक्ष न्यौपानेले कर्मचारी र ब्यवस्थापनबीच तालमेल मिलाएर अघि बढ्नुपर्ने बताए ।

आफू उद्योग र मन्त्रालयबीचको पुलको काम गर्न र यहाँ देखिएका कमीकमजोरी सुधार्न आएको बताउँदै अध्यक्ष न्यौपानेले यसतर्फ ट्रेड युनियनहरुले साथ र सुधार गर्नुपर्ने पक्षहरुलाई औल्याउदै आफूलाई जानकारी दिन आग्रह गरे ।
    नेपाल कारखाना श्रमिक संघकी अध्यक्ष सीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष विनोद लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपकसिं थोकर, उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंह, नायवमहाप्रवन्धक अलताफ अहमद, बिरेन्द्र महासेठलगायतले उद्योगको स्थिति र समस्याहरुको बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा उद्योगका विभिन्न ट्रेड युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786496969.jpg

२७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1786413750.jpg

२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उद्योग, वाणिज्य तथा...

सन्दीपको कप्तानीमा प्रिमियर कपका लागि टोली घोषणा
Screenshot_20260811_07395-1786413300.jpg

२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
Screenshot_20260811_07273-1786412577.jpg

२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित  ४ जना पक्राउ परेका छन्...

पहिरोले पुरिँदा एक बेपत्ता, एक घाइते
pahiro-1786412039.jpg

२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...

थप समाचार