Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडा सिमेन्ट उद्योग 'देशको गौरव' : उद्योगमन्त्री जोशी

Nabindra-1481449004.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि संचालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग देशको गौरवको रुपमा रहेको बताए ।

उनले हेटौँडा सिमेन्ट उद्योगलाई सरकारले विशेष महत्व दिएको भन्दै यसको प्रवद्र्धन प्राथमिकतामा रहेको बताए । यसलाई समय सापेक्ष प्रतिष्पर्धी बनाउन भौतिक एवं जनशक्ति व्यवस्थापनमा ध्यान दिने मन्त्री जोशीको प्रतिवद्धता थियो । मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके बेरोजगारी हटाउन सकिने दावि गरेका छन् । बन्द उद्योग संचालन गरे १० बर्षभित्र देशमा बेरोजगारी समस्या हट्ने दावि गरे । उनले सबै उद्योग संचालनमा आए बैदेशिक रोजगारीमा रहेका नेपालीले समेत नेपालमै काम गर्ने वातावरण तयार हुने बताए ।

सरकारी उद्योग धरासायी बन्दै जानुको कारण पहिल्याएर समस्या समाधानमा आफु जुटेको भन्दै मन्त्री जोशीले गुणस्तर र बजारमा प्रतिष्पर्धाका लागि तत्पर रहनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले उद्योगको अवस्थाबारे जानकारी दिएका थिए । उद्योगको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी ९० करोड ६ लाख ८५ हजार रुपैँया रहेको छ । उद्योगमा ९० करोड ६ लाख ८५ हजार मूल्यको साधारण शेयर छ । उद्योगको ऋण दायित्व १२ करोड रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो । 
उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सभासद्, राजनैतिक दलका प्रतिनिधि, आर्थिक क्षेत्रका व्यक्तित्व, उद्योगका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार