Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

हेटौँडा सिमेन्ट उद्योग 'देशको गौरव' : उद्योगमन्त्री जोशी

Nabindra-1481449004.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि संचालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग देशको गौरवको रुपमा रहेको बताए ।

उनले हेटौँडा सिमेन्ट उद्योगलाई सरकारले विशेष महत्व दिएको भन्दै यसको प्रवद्र्धन प्राथमिकतामा रहेको बताए । यसलाई समय सापेक्ष प्रतिष्पर्धी बनाउन भौतिक एवं जनशक्ति व्यवस्थापनमा ध्यान दिने मन्त्री जोशीको प्रतिवद्धता थियो । मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके बेरोजगारी हटाउन सकिने दावि गरेका छन् । बन्द उद्योग संचालन गरे १० बर्षभित्र देशमा बेरोजगारी समस्या हट्ने दावि गरे । उनले सबै उद्योग संचालनमा आए बैदेशिक रोजगारीमा रहेका नेपालीले समेत नेपालमै काम गर्ने वातावरण तयार हुने बताए ।

सरकारी उद्योग धरासायी बन्दै जानुको कारण पहिल्याएर समस्या समाधानमा आफु जुटेको भन्दै मन्त्री जोशीले गुणस्तर र बजारमा प्रतिष्पर्धाका लागि तत्पर रहनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले उद्योगको अवस्थाबारे जानकारी दिएका थिए । उद्योगको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी ९० करोड ६ लाख ८५ हजार रुपैँया रहेको छ । उद्योगमा ९० करोड ६ लाख ८५ हजार मूल्यको साधारण शेयर छ । उद्योगको ऋण दायित्व १२ करोड रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो । 
उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सभासद्, राजनैतिक दलका प्रतिनिधि, आर्थिक क्षेत्रका व्यक्तित्व, उद्योगका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार