भीमसेन पौडेल
१० असार, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई सभामा आगामी आव ०७६/०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति प्रदान गरे पछि ४९ करोड ९० लाख ५८ हजारको बजेट पेश गरेका हुन् ।
गाउँ सभामा प्रस्तुत भएको नीति कार्यक्रम अनुसार संघिय सरकार वित्तिय समानीकरण अनुदानबाट ९ करोड ८४ लाख, प्रदेश वित्तिय समानीकरण अनुदानबाट १ करोड १ लाख संघिय सरकार राजस्व बाडफाडबाट ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाडफाँडबाट १ करोड ३२ लाख, प्रदेश सवारी साधन राजस्व बाडफाँडबाट १ करोड १७ लाख आम्दानी हुने उल्लेख गरिएको छ ।
यसैगरी ढुङगा, गिटी बालुवा, नदीजन्य पदार्थ राजस्व बाडफाँडबाट ४ करोड र आन्तरिक आय तर्फ २ करोड संघिय सरकार शशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ करोड १७ लाख, प्रदेश सरकार शशर्त अनुदान २१ लाख ८७ हजार, संघिय सरकार समपुरक अनुदानबाट २ करोड, प्रदेश सरकार समपुरक अनुदानबाट २ करोड र हेटौडा सिमेन्ट उद्योग शशर्त अनुदानबाट ५० लाख आम्मदानी हुने जनाईएको छ ।
यसैगरी खर्च तर्फ पूँजीगतमा २५ करोड ५६ लाख ७१ हजार र चालु तर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको छ ।
नीति तथा कार्यक्रमले समग्र मकवानपुरगढीको विकासको परिकल्पना गरेको कार्यक्रममा जानकारी दिईएको थियो । कृषि तथा पशुपालन,दाना उद्योग स्थापना, सहकारी, शिक्षा, पर्यटन लगायतका विकासका पूर्वाधारलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।
यसैगरी सामाजिक विकास, वित्तीय क्षेत्र, सीपमुलक तालिम, विद्यालय दिवा खाजा, स्वास्थ्य, परिवार नियोजन, खानेपानी, सरसफाई,कला, संस्कृति, खेलकुद, सूचना तथा संचार, सिंचाई,विद्युतीकरण, सामुदायिक वन तथा वातावरण लगायतका क्षेत्रहरुलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा ५ वटा भोलुङगे पुल र संघीय सरकार र प्रदेश सरकारको सहयोगमा पक्की पुल समेत बनाउने काम गर्ने अध्यक्ष हुमागाईले बताए ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्वा, प्रमुख प्रशासकिय अधिकृत भीमबहादुर परियार, वडा अध्यक्षहरु, सदस्यहरु, पत्रकार लगायतको सहभागिता थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















