Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीद्वारा सामाजिक व्यवहार सुधार ऐन सार्वजनिक

Mak-Gadhi-1570112921.jpg

१६ असोज, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले बिहिवार सामाजिक व्यवहार सुधार ऐन २०७६ सार्वजनिक गरेको छ । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा ऐन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वा, २ नं. वडा अध्यक्ष बखान सिं पाख्रिन, नेकपा गढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका क्न्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, श्रमिक साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष निर्मला लम्साल, मानकुमारी पाख्रिन र युवराज पौडेल लगायतकाले ऐन प्रभावकारीरुपमा लागु गराउनु सबैको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, कर्मचारी र संचारकर्मीको सहभागिता थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐन सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । ऐनमा विभिन्न १९ वटा बुँदाहरु समावेश गरिएको छ । जसमा विवाह कार्यक्रममा सुधार, न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म, ब्रतबन्ध, धार्मिक अनुष्ठान, तथा देउसी भैलो, समान काममा समान ज्याला, मदिरा पदार्थको उत्पादन र विक्री वितरण, ध्रुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण रहेका छन ।

यसैगरी कृषि कार्यमा विषदीको प्रयोग, जुवातास खेल्न खेलाउन नपाइने, बालबालिकालाई विद्यायल उठाउनु पर्ने, ज्येष्ठ नागरिक सम्वन्धि व्यवस्था, घरेलु हिंसा गर्न नहुने, भेदभाव गर्न नहुने लगायतका बुदाहरु ऐनमा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
Gainda-Rhino-1736859298.jpg

१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...

हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो
IMG-20250114-WA0002-1736855722.jpg

१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा  चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...

मकवानपुरको बकैयामा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद
IMG_20240512_141304-1736840347.jpg

१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्लाका बकैया...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट
FB_IMG_1735009283447_edit-1736830931.jpg

१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...

माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

थप समाचार