रौतहट–२ बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम यतिखेर निर्वाचनका क्रममा गरिएको हिंसाका कारण कानुनी प्रक्रियामा छन् । २०६४ चैत २७ गते सम्पन्न संविधानसभा–१ निर्वाचनको दिन राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुर सम्बन्धी आरोप उनीमाथि छ । निर्वाचनको क्रममा रौतहटमा शक्तिको प्रयोग हुने पुरानो परम्परा छ ।
पञ्चायतकालमा बीजारोपण भएको प्रवृत्ति २०४६ पछिका निर्वाचनहरूमा रोकिएन, झन् फैलिँदै गयो । संविधानसभा–१ को निर्वाचनताका त हिंसाको ताण्डव नै देखियो । रौतहटमा निर्वाचनमा बल प्रयोग गरी परिणाम आफ्नो पक्षमा पार्ने दाउपेचका अनेकौं किस्सा जनजिब्रोमा झुन्डिएको छ । अहिले राज्यका अंग र मिडियाले जसरी क्रियाशीलता देखाएका छन्, त्यति पहिला देखाएको भए रौतहटको चुनावी छविमा दाग लाग्दैनथ्यो ।
रौतहटको भुइँतहमा जसरी जातीय र सामुदायिक ध्रुवीकरण छ, त्यस्तोमा बाहुबलीहरूका महत्त्वाकांक्षा मौलाउन पुग्छ । बकैया र वागमतीबाट अभिसिञ्चित रौतहटबारे आहान नै छ, ‘इहवाँ के ढेलो बोलेला ।’ अर्थात् माटोको डल्लो पनि बोल्छ । यो आहान रौतहटको विगतको राजनीतिक र सामाजिक चेतनालाई इंगित गर्दै उत्पत्ति भएको हो । तर पछिल्ला वर्षहरूमा बाहुबलीहरूको सन्त्रासले माटोका डल्लाहरू निस्शब्द भए । यसले गर्दा बाहुबलीहरू भयरहित आफ्ना कर्तुत गर्न तम्सिए । बाहुबली राजनीतिको प्रतीक यतिखेर राष्ट्रिय रूपमै आफतावलाई बनाइएको छ । तर रौतहटको भुइँ यथार्थसँग परिचित हुनेहरू भन्छन्, आफताव यस प्रवृत्तिका अन्तिम पात्र होइनन् ।
लोकतन्त्र र निर्वाचन
चुनावी प्रतिस्पर्धा नै लोकतन्त्रको सौन्दर्य र सामर्थ्य हो । तर चुनावमा उत्पन्न हुने प्रतिस्पर्धाले जनतालाई लाभ हुनुपर्छ । दल वा उम्मेदवारले जनता समक्ष आफ्ना वाचाको मार्गचित्र राख्छन् र त्यसमार्फत चुनावी परीक्षामा उत्तीर्ण हुन चाहन्छन् । राम्रो उत्तीर्णांक प्राप्त गर्न प्रतिस्पर्धीहरूले जनताको नजरमा आफ्लूाई असल सेवकका रूपमा परिचित गराउँछन् भन्ने आदर्श मान्यता रहिआएको छ । निर्वाचनको जगमा नै शासन व्यवस्थाले वैधता प्राप्त गर्छ । आवधिक स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचनद्वारा नै संवैधानिक लोकतन्त्र गतिशील बन्छ । जनताले सार्वभौम सत्ताको प्रयोग निर्वाचनमार्फत नै गर्छन् ।यसैकारण निर्वाचनलाई लोकतन्त्रको महापर्व भनिन्छ ।
लोकतन्त्र आत्मनियन्त्रित संस्कार हो । निर्वाचन नागरिकलाई शिक्षित, जागरुक र जिम्मेवार बनाउन शिक्षा दिने विश्वविद्यालय हो । आवधिक निर्वाचनले मतदातालाई विगतका जनप्रतिनिधिलाई पुरस्कृत वा दण्डित गर्ने अवसर दिन्छ । यसर्थ निर्वाचन फगत प्राविधिक पक्षमात्र होइन । यसले समाजभित्रको ताजा बुझाइ र रोजाइलाई प्रतिध्वनित गर्छ । यसलाई यसरी पनि भनौं कि निर्वाचन कसरी हुन्छ, त्यसबाट लोकतन्त्रको गुणस्तर मापन गर्न सकिन्छ । निर्वाचनमार्फत चुनिने प्रतिनिधिहरूको पृष्ठभूमि र अनुहारले ती पात्रबारे मात्र बताइरहेको हुँदैन, यिनलाई मत दिएर निर्वाचित गर्ने मतदाताको निर्णय क्षमतालाई पनि प्रस्ट्याउँछ । के विगतमा हामीले अभ्यास गरेका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित भए त रु यो अहम् सवाल हो ।
टिक्ने, जित्ने र फेरि टिक्ने
कस्तो निर्वाचन प्रणाली छनोट गरिएको छ ? त्यसले पनि लोकतन्त्रको भविष्य बताउँछ । चुनिएका प्रतिनिधि र समाजबीच सामञ्जस्य र समानता छ कि छैन ? निर्वाचित संस्थाको ऐनामा समाजको असली मुहार झल्किन्छ कि झल्किँदैन रु मतदाताले निर्वाचनपश्चात् अधिकतम सन्तुष्टि पाउने अवस्था छ वा छैन ? समावेशी र सहभागितामूलक प्रतिनिधित्वको प्रत्याभूति भएको छरछैन रु कहाँबाट को र कसरी निर्वाचित भए यी सवाल महत्त्वपूर्ण हुन्छन् । राष्ट्रको दीर्घकालीन हितलाई निर्वाचनको चाल र चरित्रले परिभाषित गरिराखेको हुन्छ । निर्वाचनको राजनीतिले वर्तमानलाई मात्र व्याख्या गरिराखेको हुँदैन, निकट आगतको पदचापलाई समेत संकेत गरिरहेको हुन्छ । यस्तै प्रश्नहरूको खोजी गर्दै निर्वाचन प्रणाली, प्रक्रिया र व्यवस्थापनमा निकै परिष्कार पनि गरियो । तर फेरि उही प्रश्न उठ्न थालेको छ, निर्वाचित हुनेहरूका इमान, जमान र चरित्रका कुरा सतहमा आएका छन् ।
२०७४ मा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सम्पन्न भयो । त्यही निर्वाचनको अभ्यासले अहिलेको गणतान्त्रिक लोकतन्त्रको गोरेटो, गति र गन्तव्यलाई निर्धारित गरेको छ । निर्वाचनको क्रममा भोगिएको यथार्थले पद्धतिको औचित्य र विश्वसनीयतालाई सिद्ध गर्छ । संवैधानिक प्रावधान अनुसार बहुतहको निर्वाचित सरकार र प्रतिनिधित्व छ । त्यसले वैधानिक मान्यता पाएको छ । तर जसरी निर्वाचन भयो, त्यसबारे सही विमर्श आफतावको प्रकरणले सुरु गरेको छ । अहिले कसले टिकट पाउँछ रु राजनीतिमा कसरी टिक्न सकिन्छ भन्ने आम मनोविज्ञान के छ ? चुनाव कसरी जितिन्छ रु जित्न कुन हदसम्म पार्टी वा प्रत्यासी जान्छन् ?
निर्वाचनको क्रममा नागरिक स्वतन्त्रताले जनप्रतिनिधिहरूमाथि अंकुश लगाउँछ । मतदाता समक्ष प्रत्यासी पुग्दा तिनले मतदानमार्फत भावी शासकका लागि लक्ष्मणरेखा कोरिदिनुपर्ने हो । प्रत्यासी बन्न आफ्नै दलबाट टिकट किन्नुपर्ने, कार्यकर्तालाई परिचालन गर्न मनग्ये खर्च गर्नुपर्ने र अन्त्यमा मतदातालाई तिनका ठेकेदारमार्फत किन्नुपर्ने अवस्था छ । निर्वाचन आचारसंहितामा अधिकतम चुनावी खर्चबारे जेजस्तो लेखिएको भए पनि तीनवटै तहको निर्वाचन अकल्पनीय रूपमा खर्चिलो भएको छ । यसरी खर्चिएको रकमको स्रोत के हो रु कुनै पनि दलले खोज्दैनन् । अर्थात् दलहरूभित्रको आन्तरिक लोकतन्त्रको अवस्था कमजोर छ । चुनाव लोकतन्त्रको पूरक भए पनि अहिलेको खर्चिलो चुनावले फेरि उही प्रश्नलाई जन्माएको छ, कसको प्रतिनिधि को ?
खर्च गरेर टिकट लिने र जित्नेहरू त्यसउप्रान्त आफूले परिचालन गरेको स्रोतमाथि आफ्नो एकलौटी स्वामित्व भएको ठान्ने आम मनोविज्ञान छ । तराईका विभिन्न जिल्लामा निर्वाचनमा देखिएका बेथिति र त्यसले बरालिँदै गएको लोकतन्त्रबारे सोधपुछ गर्दा केही गम्भीर टिप्पणी सुनिए । ‘दलले टिकट दिए पनि अब चुनाव लड्दिन’, ‘निर्वाचन आचारसंहिताको बीसौं गुणा बढी खर्च गरेंँ, जितेंँ र अब अर्को चुनाव कैयौं गुणा महँगो हुने हुँदा संसदीय कोषबाट नै हिनामिना गर्छु’, ‘शीर्ष नेताहरूले टिकट दिन पैसा त लिए–लिए, कार्यकर्ताहरूसमेत बार्गेनिङ गर्छन्’, ‘अब त इजी मनी कमाएकाहरू नै चुनाव उठ्ने भए’, ‘जहाँ शीर्षनेता उठे, त्यहाँ त झन् खर्चिलो भो’, ‘अब त प्रतिबद्ध राजनीतिकर्मीभन्दा पैसावालहरूले चुनाव कब्जा गर्ने भए ।’ यी भनाइले हामीले उत्कृष्ट भनेको निर्वाचन प्रणालीमा अभ्यास भइरहेको र तिनको असली भागिदारका रूपमा खडा भएका अनैतिक अनुहारलाई चियाउन मद्दत पुग्छ ।
निर्वाचन प्रक्रियालाई कानुनी अभ्यासबाट नैतिक अभ्यासको रूपमा कसरी अनुवाद गर्ने रु अहिलेको चुनौती हो । मतदाताको विवेकलाई प्रभावित गर्ने जुनसुकै हथकण्डा चुनावी हिंसा हो । चुनावी हिंसालाई कसरी कम गर्ने रु त्यसतर्फ आत्मनियन्त्रणको प्रयत्न भएन भने निर्वाचनमार्फत संस्थागत हुँदै गएको विसंगतिले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा गर्छ । अहिलेको निर्वाचनले संविधानलाई संस्थागत गर्न एक कदम फड्को मारे पनि खर्चिलो चुनावले लोकतन्त्रलाई कमजोर र मुलुकलाई नयाँ खाले द्वन्द्वतर्फ फर्काउँदैछ ।
उज्यालोको खोजी
यो भएन, त्यो भएन भनेर गनगन गर्नुभन्दा समाजको विवेकशील तप्काले मतदान प्रक्रियालाई पुण्य अनुष्ठानको रूपमा रूपान्तरित गर्न अहिलेदेखि नै बहसको थालनी गर्नुपर्छ । आमचुनाव हुन अझ निकै समय बाँकी छ । निर्वाचनको क्रममा जस्तो जित–हारको उत्तेजना र युद्धको मनोविज्ञान अहिले छैन । त्यसैले यो नै उपयुक्त समय हो, निर्वाचन प्रक्रियाका अप्ठेरा र अँध्यारा पक्षबारे बहस गर्ने र सुधारको पाइला चाल्नैपर्छ । भोजपुरीका जनकवि कबिरदासको भनाइ छ, ‘दास कबिरा जतन से ओढिन्रज्यों कि त्यों धर दिनी चदरिया’ आशय हो, चादरजस्तो थियो, त्यस्तै रूपमा रहन देऊ ।
लोकतन्त्रलाई जनताको सशक्तीकरण र समृद्धिको जीवनरेखा मान्ने हो भने निर्वाचन त्यसको माध्यम हो, जहाँ लोकतन्त्रका उज्यालो पक्ष अर्थात् जनप्रतिनिधि छनोट गरिन्छ । विवेकशील जनताले अकुण्ठित रूपमा जसरी सार्वभौम उत्तराधिकार प्रतिनिधिलाई हस्तान्तरण गर्छन्, ती जनप्रतिनिधिले लोकसम्मतिको चादरलाई बेदाग राख्न सक्नुपर्छ । फेरि अर्को चुनावमा जनतामाझ त्यसलाई फरफराउन सक्नुपर्छ । त्यस्तो वातावरणको विकासले नै लोकतन्त्रलाई लोकप्रिय बनाउँछ । स्वच्छ निर्वाचन नै अहिलेका बेथितिहरूको अचुक औषधि हो ।
साभार : कान्तिपुर राष्ट्रिय दैनिक
१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...
१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...
१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...
१३ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स...