Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

नेपाल संवतको ऐतिहासिक तथा सांस्कृतिक महत्व

Newa-1572327482.jpg

- ओम धौभडेल
विश्वमा आफ्नै माटो हावापानी अर्थात सभ्यता र संस्कृति अनुसार थुप्रै प्रकारका सम्बतहरु प्रचलनमा आएका छन् । मेसोपेटामियाको बेवोलोनियाबाट शुरु भएको सम्बतको इतिहासमा थुप्रै प्रकारका सम्बतहरुको जन्म भएको छ । यसै क्रममा नेपालमा विक्रम सम्बत, गुप्त सम्बत, शक सम्बत, लिच्छवि सम्बत्, अंशुवर्मा सम्बत, नेपाल सम्बत आदि । यस मध्ये नेपाल सम्बत बाहेक माथीका सम्बतहरु प्रायजसो राजामहाराजा, वंश, धर्म जस्ताबाट प्रभावित छन् भने नेपाल सम्बत एउटै मात्र त्यस्तो सम्बत् हो जून नेपालकै एक जना सर्व साधारण नेपाली नागरिकले नेपाली भूमि मै प्रतिपादित गरेको सम्बत हो । त्यस मध्ये पनि हाल नेपालले सरकारी स्तरमा प्रयोग गरि राखेको विक्रम सम्बत र इस्वी सम्बत दुबै नेपालमा नभई विदेशी भूमिमा प्रतिपादित गरिएको सम्बत् हुन् । यसमा पनि ईस्वी सम्बत क्रिश्चियन धर्मका प्रर्वतक येशुको नाममा रहेको छ भने विक्रम सम्बत भारतका तत्कालिन सम्राट विक्रमादित्यको नाममा रहेको छ । यस अर्थमा नेपाल सम्बतको महत्व अझ बढ्न गएको छ ।

यसै सन्दर्भमा आज भन्दा ११३९ वर्ष अगाडि नेपालको आफ्नै भूमिमा जन्मेको नेपाल सम्बतको श्रेय संखधर साखवाललाई जान्छ । संखधरको विषयमा भन्नुपर्दा कुनै ठोस ऐतिहासिक प्रमाणहरु भन्दा पनि वंशावलीहरुमा भर पर्नुपर्ने हुन्छ र वंशावलीमा उनको वारेमा जून प्रचलीत किवंदन्तीहरु रचिएको छ, त्यसबाट सहि मूल्यांकन भएको जस्तो लाग्दैन । वंशावलीमा रचिएको किवन्दती अनुसार कान्तीपुरका राजा जयदेव मल्लको समयमा संखधरले यो सम्बत चलाएको उल्लेख छ, जतिवेला भक्तपुरमा उनको भाइ आनन्द मल्लले राज्य गरी राखेको थियो । नेपालको इतिहास भित्र राम्ररी अध्ययन गर्ने हो भन्ने आज भन्दा ११३९ वर्ष अगाडि मल्ल वंशको शुरुवात नै भएको देखिन्दैन । दोस्रो कुरा मल्ल वंश शुरु हुँदाखेरी नेपाल सम्बत्ले ३०० वर्ष भन्दा वढी समयभोग गरी सकेको देखिन्छ । यसको ठोस प्रमाण नेपालमा मल्ल वंशको सुरुआतको श्रेय अरि मल्ललाई जान्छ र अरि मल्लको समय भनेको नेपाल सम्बत् ३३२ देखि ३३६ समको हो । तसर्थ आज भन्दा ११३९ वर्ष अगाडि नेपालमा मल्ल वंश नभई देब नामधारी लिच्छवी वंशको शासन थियो । यस विषयमा नेपालमा प्राप्त विभिन्न वंशावली देखि राइट, वेन्डाल, कर्निङ्गघम, लेभि, बालचन्द्र शर्मा जस्ता विद्धानहरुले दिईएको लिच्छवी राजाहरुको वंशावलीलाई विचार गर्ने हो भन्ने सवै भन्दा वलियो प्रमाण विद्धान कर्निङ्गघमका अनुसार ई।सं। ८८० तीर नेपालमा लिच्छवी राजा राघव देवले शासन गरि राखेको नै देखिन आउँछ । यसलाई थप पुष्टी गर्ने क्रममा विद्धान लुसियानो पेटेकले सन् १९५६ मा केशर पुस्तकालयबाट प्राप्त संस्कृत भाषामा लेखिएको एउटा पुरानो वंशावली ९केशर वंशावली० मा समेत नेपाल सम्बत्को शुरुआत उहि राघवदेवको पालामा भएको देखिन आउँछ ।

यहाँनेर नेपाल सम्बतको शुरुआत तत्कालिन राजा राघवदेव वा संखधर साखवाल मध्ये कसले गरेको हो भन्ने स्पष्ट थिएन । कतिपय विद्धानहरु यो सम्बत राघवदेवको इच्छाले निकालिएको हो वा संखधर साखवालले सम्पूर्ण नेपालीको ऋण मोचन गरी निकालिएको हो एक मत हुन सकिरहेको थिएन ।यस्तो विषम अवस्थामा केशर पुस्तकालयबाट प्राप्त सामग्रीबाट समेत यो सम्बतको सुरुआत राघवदेवले गरेको देखिएन । वरु २०३० सालमा डा। मोहन खनालले प्रकाशित गर्नु भएको “मध्यकालिन अभिलेख” भन्ने पुस्तकमा भक्तपुरको जेँला टोलको एउटा पाटीमा रहेको अभिलेखले नेपाल सम्बत्को शुरुआत संखधर साखवालले नै गरेको हो भन्ने स्पष्ट हुन आयो । नेपाल सम्वत ८२७ मा स्थापना गरिएको भूपतिन्द्र मल्लको समयको उक्त अभिलेखमा स्पष्ट संग संख्वा सम्बत भनि उल्लेख छ । यसरी नेपाल सम्बत शुरु भएर ८२७ वर्ष पछि सम्म पनि भक्तपुरका मल्ल शासकहरुले संखधरको नाम उल्लेख गर्नुबाट पनि यो सम्बतको शुरुआत संखधरले नै गरेको हो भन्ने स्पष्ट हुन्छ ।

यसै सन्दर्भमा फेरि एक पटक उहि वंशावलीमा फर्कनु पर्ने हुन्छ । वंशावलीमा रचिएको कथा अनुसार शुभ साइतमा काठमाडुको लखुँ तिर्थबाट बालुवा ल्याएर सुन भएको र त्यही सुनबाट सम्पूर्ण जनताको ऋणमोचन गरी नेपाल सम्बत चलाएको भन्ने अवैज्ञानिक प्रमाणहरुलाई आज पनि उतिकै प्रचार प्रसार गर्नु अव्यवहारिक देखिन्छ । वास्तवमा एकातिर एउटा सानो काठमाडौं उपत्यका भित्रै कयौं राज्यहरु भएको समयमा केही हजार व्यक्तिहरुको ऋण तिरी दिनु सायद असम्भवको कुरा होइन भने अर्को तर्फ संखधर साखवाल एक व्यापारी भएको नाताले वालुवालाई सुन भयो भनी कथा रच्नु भन्दा व्यापारी संखधरले आफ्नो व्यापारबाट आर्जित रकमले जनताको ऋण तिरी नयाँ सम्बत् चलाएको मान्न सकिन्छ । व्यापारी संखधरले आफू संग भएको सम्पतिबाट भविष्यसम्म किर्ति राख्ने उद्देश्यले गुरु पुरोहित पण्डित महापण्डितहरु संग सल्लाह गरी जनताको ऋण आफूले तिरी नेपाल सम्बत शुरु गर्ने वचन राजाबाट प्राप्त गरी सकेपछि वि।सं। ९३६ कार्तिक शुक्ल प्रतिपदा देखि नेपाल सम्बत् शुरु भएको हो । यो सम्बत मल्ल कालमा सवै भन्दा बढि तत्कालिन मल्ल राजाहरुले प्रयोग गरेको देखिन्छ र एउटा राजकीय सम्बत कै रुपमा प्रयोग भएको पाइन्छ । काठमाडौं उपत्यका भित्रका तात्कालिन मल्ल राजाहरु बाहेक नेपाल संग सम्बन्ध राख्ने छिमेकी देशहरुले समेत यो सम्बत्को प्रयोग गरेको देखिन्छ । विद्धान स्व। धनवज्र वज्राचार्यका अनुसार नेपालसंग त्यसबेला सम्बन्ध राखेका तिव्वत, चीन, भारत लगायतका छिमेकी देशहरुले नेपाल सम्बतलाई प्रयोग गरेकोमा हाल सम्म भेटिएको सवैभन्दा पुरानो अभिलेख ने।सं। ५३५ को देखिन्छ । जून तत्कालिन चीनका मिङ्ग वंशका वादशाहले नेपालका राजा शक्ति सिंह र उनका महामन्त्री रामवर्धनलाई पठाएको संस्कृत भाषामा लेखिएको पत्र हुन् । त्यस्तै अर्का विद्धान काशिनाथ टमोटका अनुसार प्रताप मल्लका जेठान कुच विहारका राजा प्राण नारायणसिंहले आफ्नो सुनको मुद्रामा समेत नेपाल सम्बत प्रयोग गरेको थियो । त्यस्तै डा। डिल्ली रमण रेग्मीका अनुसार प्रताप सिंह शाहको पालामा तिव्वतसंगको युद्ध सम्बन्धी सन्धीमा समेत तिव्वतले नेपाल भाषाको प्रयोग गरेको थियो । जून ने।स।। ८९५ मा नेपाल र तिव्वत वीच भएको थियो । त्यस्तै प्रकारले नेपाल सम्बत् राणा कालमा समेत सरकारी स्तरबाट प्रचुर मात्रामा प्रयोग हुँदै आएको र पछि सन १९०३ मा राणा प्रधान मन्त्री चन्द्र शम्सेरको कुटीलले गर्दा नेपालको आफ्नै भूमिमा एक जना सर्वसाधारण नेपालीले चलाएको नेपाल सम्बत्को स्थान विदेशीहरुको विक्रम सम्बत्ले लिन पुग्यो । यसरी चन्द्र शम्सेरको शासनकाल देखि गला घोटिएको नेपाल सम्बतलाई सवै पक्षबाट विर्सन्दै गईरहेको अवस्थामा सर्वप्रथम च्वसाः पासाः भन्ने संस्थाले विस्तारै नेपाल सम्बतको प्रयोग गर्ने प्रयास गरियो । यसरी करीब ६० वर्ष जति नेपाल सम्बत भन्ने शव्द नै विर्सिसकेको अवस्थामा यसलाई पुनः जिवित गर्ने काम भयो ।

यसै सन्दर्भमा नेपाल भाषा मंका खल, नेपाल भाषा परिषद र च्वसाः पासाः लगायत अन्य विभिन्न संघ संस्था र व्यक्ति विशेषहरुले नेपाल सम्बतको प्रचार प्रसार विभिन्न तरिकाबाट गर्ने क्रम शुरु भयो । यस मध्ये पनि प्रत्येक वर्ष तिहारमा म्हः पूजाको दिन नेपाल सम्बतको नयाँ वर्ष मनाउने क्रममा विभिन्न प्रकारको कार्यक्रमहरु गरी नेपाल सम्बतलाई राष्ट्रिय सम्बत मनाउन सरकारलाई घचघच्याउने काम गर्दै आई रहेको छ ।केही वर्ष यता बाट भक्तपुरमा पनि बिशाल सास्कृतिक रयाली सहित प्रभातफेरि कार्यक्रम भक्तपुरको खौमा टोल पुगि त्यँहास्थित भाषासेवी जगतसुन्दर मल्लको सालिकमा माल्र्यापण गरि नयाँ वर्ष मनाउने परम्परा चलिआएकोछ । यसैक्रममा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भक्तपुरमा सम्पन्न एउटा कार्यक्रममा नेपाल सम्बतबारे सत्य तथ्य कुरा अगाडि आयो भने त्यसलाई सरकारले प्रयोगमा ल्याउन सक्ने बताउनु भएको थियो भने ने।सं। ११२० को अवसरमा तात्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले नेपाल सम्बतबारे सकारात्मक विचार राख्नु भएको थियो । यता २०५६ साल मंसिर १८ गते वसेको तत्कालिन मन्त्री परिषदको वैठकले नेपाल सम्बतका प्रणेता संखधर साखवाललाई राष्ट्रिय विभूति घोषित गरिए पछि नेपाल सरकारले अप्रत्यक्ष रुपमा नेपाल सम्बतलाई मान्यता दिई सकेको स्पष्ट हुन्छ । यता जनस्तरबाट पनि संखधरलाई सम्मान गर्ने क्रममा पाटनको ग्वार्को देखि प्रयाग पोखरी सम्मको वाटोलाई संखधर मार्ग भनि नामाकरण गरिएको छ भने यता भक्तपुरका ठिमीमा संखधरको सालिक राखी संखधर चोक नामाकरण गरिएको छ । त्यस्तै हाल सालै मात्र संखधरको विषयमा “राष्ट्रिय विभूती स –संखधर” नामक टेली फिल्म समेत वनेको छ । तर यतिकैमा सन्तोषको साँस फेर्ने अवस्था भन्ने छैन ।

प्रत्येक वर्ष म्हः पूजाको एक दिन संखधर साखवाल र नेपाल संम्बत्लाई सम्झदैमा यस प्रतिको हाम्रो दायित्व पूरा हुन्छ न त सरकारले संखधरलाई राष्ट्रिय विभूति घोषित गरिन्दैमा सरकारको दायित्व पूरा हुन्छ । सायद नेपाल सम्बत्कै वकालत गर्नेहरुलाई पनि थाहा नहुन सक्छ वा थाहा भएर पनि बुझपचाएको हुनसक्छ विश्वमा हालसम्म भएका सम्बत्हरु मध्ये सवैभन्दा वैज्ञानिक ढाँचाले बनेको एक मात्र सम्बत् नेपाल सम्बत् हो । पश्चिमी वैज्ञानिकहरु हालसम्म पनि सूर्य, चन्द्र, पृथ्वी जस्ता ग्रह उपग्रहहरुको गति चाल जान्न नै दशकौं देखि लागि पर्दै आएको सन्दर्भमा आज भन्दा ११३९ वर्ष अगाडि नै हाम्रा पूर्खाहरुले व्रम्हाण्डमा रहेका ग्रह उपग्रहहरुको गतिलाई सेकेण्ड सेकेण्डको ख्याल गरी बनाएको र त्यसैको आधारमा वार्षिक तिथी मिति भएको यस सम्बतलाई विश्वकै सवैभन्दा वैज्ञानिक ढाँचामा वनेको सम्बत मान्न सकिन्छ ।

हाल पनि यो सम्बतलाई सरकारी स्तरबाट प्रत्यक्ष रुपमा नअंंगालेतापनि वर्ष भरिमा करिब एक महिना जति विभिन्न जात्रा, पर्व, उत्सव आदिको नाममा दिईने सरकारी विदामा करिब ७५ प्रतिशत जति विदा नेपाल सम्बतकै आधारमा दिईरहेकोछ र यसैको आधारमा कतिपय साँस्कृतिक पर्वहरु मनाउँदै आएको छ । चाहे त्यो हिन्दूहरुको महान चाड दशैं होस् वा तिहार अथवा यहाँ मनाउने असंख्य चाड पर्व, उत्सव, जन्मदिन लगायतका साँस्कृतिक पक्षहरुमा अझ सम्म पनि नेपाल सम्बतकै प्रयोग भई रहेको छ । तसर्थ नेपाल सरकार लगायत विभिन्न संघ सस्था, व्यक्ति विशेष आदिले नेपाल सम्बतलाई दिनहुँ प्रयोगमा ल्याउनु आजको एक मात्र आवश्यकता भएको छ ।
साभार : भक्तपुर खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार