Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

भूमि आयोगद्वारा मकवानपुरमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण

20240315_143812-1710495883.jpg

२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ ।
हेटौंडामा पत्रकार सम्मेलन गरि आयोग गठन भएको यो अवधिमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको हो । आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । 
त्यस्तै, हेटौंडाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गरेको छ ।
भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको छ ।
राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले ३४० भूमिहिन दलित, २२६० भूमिहिन सुकुम्बासी, १४६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको जानकारी दिइएको छ ।
जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ ।
आयोगले हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को १४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयामा नापनक्सा कार्य भइरहेको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवं भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी , सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग
img-04-1733879971.jpg

२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...

प्रधान सेनापति सिग्देल नयाँ दिल्ली गए
Screenshot_20241211_06552-1733879435.jpg

२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733878978.jpg

२६ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही...

मंसिर २७ गते हेटौंडा-६ बालमैत्री वडा घोषणा हुने
Screenshot_20241210_20072-1733840582.jpg

२५ मंसिर, हेटौंडा । हेटौंडा-६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय...

पूजाको कप्तानीमा यू–१९ महिला टिमको घोषणा
puja-mahato-1733813574.jpg

२५ मंसिर, हेटौंडा । यू-१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार...

मंगलबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1733813190.jpg

२५ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो...

पर्सामा रवि लामिछानेको बयान शुरु
Screenshot_20241105_16244-1733812909.jpg

२५ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ। सरकारी वकिलको कार्यालय...

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु
Screenshot_20241210_10232-1733805639.jpg

२५ मंसिर, चन्द्रपुर। रौतहटमा स्कोर्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको  छ। मंगलबार मध्यराति पूर्व पश्चिम...

बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख पक्राउ
Pakrau-1024x477-1-1733794195.jpg

२५ मंसिर, हेटौंडा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार...

थप समाचार